July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सिरिया गृह युद्धको १२ वर्ष : ५१ हजारको मृत्‍यु, खण्डहर बन्याे शहर

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:४0
सिरिया गृह युद्धको १२ वर्ष : ५१ हजारको मृत्‍यु, खण्डहर बन्याे शहर

काठमाडौं । कल्पना गर्नुहोस् कि तपाईंको जन्म जुन ठाउँमा भयो, त्यो ठाउँ अहिले पूर्ण रुपमा ध्वस्त भएको छ, खण्डरमा परिणत भएको छ ।
जुन मैदानमा खेलेर तपाईंको बाल्यकाल बित्यो, त्यो मैदान अहिले रणभूमि बनेको छ ।

कल्पनामात्र गर्दा पनि यो अवस्था धेरैको लागि भयावह लाग्नसक्छ । यद्यपि यो अवस्था सिरियाको ओलेम्पो शहरको यथार्थ चित्रण हो ।
१२ वर्षदेखि गृह युद्धको भूमरीमा फसेको सिरियाको ओलेम्पो शहरमा यो अवधिमा ५१ हजारभन्दा बढीले ज्यान गुमाएको तथ्याकं सार्वजनिक छ ।
३५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका छन् । युद्धकै कारण विश्व सम्पदा सूचीमा रहेका ६ वटा क्षेत्र तहसनहस भएका छन् ।
|सिरियाले यो नियतिको सामना गर्न परेको गत मार्चमा १२ वर्ष पूरा भएको छ ।

कसरी सुरु भयो गृह युद्ध ?

सन् २०११ मा जब अरब क्रान्तिको झिल्का सिरियासम्म पुग्यो तब सिरियाका जनताले पनि बसर अल असदको तानाशाहीविरुद्ध आवाज उठाउन थाले ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराको एक रिपोर्टका अनुसार सिरियाको डेरा क्षेत्रमा प्रहरीले केही विद्यालयका बालबालिकालाई नियन्त्रणमा लिएपछि
सरकारविरोधी प्रदर्शन सुरु भएको हो । नियन्त्रणमा परेका बालबालिकाले बसर अल असदविरुद्ध स्कुलका भित्ताहरुमा केही नारा लेखेका थिए ।

धेरै दिनसम्म पनि ती बालबालिकालाई नछोडेपछि हजारौं आम मानिस प्रदर्शनमा उत्रिएका थिए । सडकमा उत्रिएर ‘आर्मी र हामी एक हौं’ भन्ने
नारा लगाइरहेका प्रदर्शनकारीहरुमाथि सेनाले गोली चलायो । उक्त घटनामा तीन जनाको मृत्‍यु भयो । फलस्वरुप मानिसहरु थप आक्रोशित हुन
पुगे र आन्दोलनले उग्र रुप लिन थाल्यो । किनकि मुद्दा अब बालबालिकाको रिहाइमा मात्र सीमित नभई आम मानिसको हक र अधिकारसँग जोडिन पुगेको थियो ।

विस्तारै प्रदर्शनहरू डेराबाट दमास्कस, होम्स, हाना, लताकिया, बानियाससम्म फैलियो र सन् २०१२ मा ओलेम्पोसम्म पुग्यो ।
१२ वर्षे कालखण्डमा युद्धले सबैभन्दा प्रभावित भएको शहर ओलेम्पो नै हो ।

प्रदर्शन जति तीव्र हुँदै गयो बशर अल असदको आदेशमा सेनाको ज्यादती पनि तीव्र हुँदै गयो । सेनाको ज्यादतीबाट आजित प्रदर्शनकारीहरुले
सेनालाई सेनाकै भाषामा जवाफ फर्काउने हेतुले हतियार उठाउन थाले । प्रदर्शनको प्रभाव यस्तो रुपमा अगाडि बढ्यो कि अन्य देशमा रहेका
सिरियाली जनतासमेत प्रदर्शनका लागि देश फर्किए, हतियारमार्फत प्रदर्शनकारीहरुलाई सहयोग गर्न थाले ।

सरकारविरुद्ध लडिरहेका विद्रोहीहरू चाँडै संगठित भए र फ्रि सिरियन आर्मीको नाममा सरकारविरुद्ध युद्धमा होमिए ।

खण्डहरमा परिणत भयो ओलेम्पो शहर

सन् १९८६ मा युनेस्कोको विश्व सम्पदाको दर्जा पाएको ओलेम्पाे शहर सन् २०१२ सम्ममा सिरियाली गृहयुद्धको प्रमुख स्थल बनिसकेको थियो ।
यो शहर विश्व सम्पदा शहरमात्र नभएर सिरियाको आर्थिक केन्द्रविन्दुसमेत थियो । हेर्दाहेर्दै यो शहर आफ्नै जनताको हातबाट ध्वस्त भयो ।
जुलाई २०१२ सम्म आइपुग्दा यो शहर दुई भागमा विभाजित भइसकेको अवस्था थियो । एउटा भाग फ्री’ सिरियाली सेना र अर्को भाग बशर अल असदद्वारा नियन्त्रित थियो ।

युद्धको भूमरीमा फसेको सिरियामा विदेशी शक्तिहरुले आफू अनुकूल समर्थन जनाउन थाले । सरकारलाई रुस, इरान, इराक, अफगानिस्तान,
लेबनान र पाकिस्तानले समर्थन जनाए भने विद्रोहीलाई अमेरिका, साउदी अरेबिया र टर्कीबाट सहयोग मिलिरहेको थियो ।

सन् २०१२ देखि २०१६ सम्ममा मात्र ओलेम्पोमा ३१ हजारभन्दा बढीले ज्यान गुमाए । जसमा २२ हजार ६०४ जना ती नागरिक थिए, जसले न फ्री
सिरियन आर्मी न त बसर अल असदलाई समर्थन गरेका थिए ।यस्तै युनिटारको प्रतिवेदनअनुसार २१० ज्ञात संरचनामध्ये २२ पूर्ण रूपमा ध्वस्त
भएका छन् भने ४८ वटा नराम्ररी क्षतिग्रस्त भएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्