May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

जाडोमा न लगाउने न्यानो कपडा छ न पेटभरि खाने अन्न…

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० ११:४३
जाडोमा न लगाउने न्यानो कपडा छ न पेटभरि खाने अन्न…
  • मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै
  • जुन बस्तीमा करिब ११३ घरधुरी रहेको खुलाशा 
  • झुप्रो घरभित्र परालमा सुतेर रात कटाउँदै 

नवलपरासी ।।

चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–२, मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब ११३ घरधुरीको बसोबास छ । उनीहरूले दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ  । स्थानीय शान्ति मुसहरले भनिन्, “जाडोमा न लगाउने न्यानो कपडा छ न पेटभरि खाने अन्न । जाडो छल्न घामको पार ताप्नुपरेको छ ।” ब्लकले बनाएको सानो घरमा न ढोका छ न त झ्याल । “घरमा ओड्ने ओछ्याउने छैन, पराल ओछ्याएर सुतेका छौँ, श्रीमानले  काम पाउनुभएको छैन,” उनले भनिन्, “यो चिसोमा बिहान–बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ ।” झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्तिजस्तै यहाँ धेरै छन् ।

स्थानीय जितनी माझी उमेरले ६५ वर्ष पुगे । अहिले काम नभएपछि अन्न र लत्ताकपडा किन्ने पैसा नभएको उनले बताए । “पेटभरि खान नपाएको छैन, जाडोमा केटाकेटीले छिनछिनमै खान खोज्छन्, तर खान दिने अन्न छैन,” उनले भने, “मजदुरी गर्न काम पाइएको छैन, कति दिन भइसक्यो एक छाक खान्छौँ ।” देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले मुसहर बस्तीमा लत्ताकपडा र खाद्यान्न तत्काल व्यवस्था गर्ने जानकारी दिए । उनले भने, “केही लत्ताकपडा, खाद्यान्न नगरपालिकाको तर्फबाट तत्काल व्यवस्था गर्छौँ । ती समुदायको आर्थिकस्तर माथि उठाउन नगरपालिकाले विभिन्न कार्यक्रम कार्यान्वयन समेत गर्नेछ ।”

 

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।