March 27, 2023 | सोमवार, चैत्र १३, २०७९
सुचनाहरु
संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ? नेपाल कराते महासंघको अध्यक्षमा राखेपका पूर्वसदस्यसचिव कोशी नाम स्वीकार्न चार दलको अपील नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम मिटरब्याजीपीडितको समस्या समाधान गर्न सरकार गम्भीर होस् : सांसद बेलवासे अन्तिम कथा रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी सिके राउतको कटाक्ष- मन्त्रीबिना बाँच्नै नसक्नेलाई ल्याउन बारा २ मा उपचुनाव तोकियो २६.८७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो बारा-२ का जनताले मेरो डिमान्ड गरिरहेका छन् :उपेन्द्र यादव प्रभु साहको प्रश्न : तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्‍यवस्था गर्न माग उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔं ११ दिन पैदलै हिँडेर मिटर ब्याज पीडित आइपुगे काठमाडौं पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने

इनरुवामा फोहोेर व्यवस्थापन नहुँदा स्थानीयलाई सास्ती

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १३:१८
इनरुवामा फोहोेर व्यवस्थापन नहुँदा स्थानीयलाई सास्ती

चैत २ गते,इनरुवा । सुनसरीके इनरुवा नगरपालिकाको बजार क्षेत्रका फोहोर व्यवस्थापन नहुँदा स्थानीय लाई सास्ती भोग्नु परेको छ ।
कयौं दिनदेखी बजार क्षेत्रमा थुपारिएको फोहोर वव्यवस्थापन हुन नसकेको कारलण स्थानीय व्यापारी तथा इनरुवा आसपासका क्षेत्रबाट आउँने सर्वसाधारणले सास्ती भोग्नुपरेको हो ।
इनरुवा नगरपालिका बजार क्षेत्रबाट निस्किएको फोहोर कयौं दिन देखि यत्रतत्र थुपारिएको छ तर फोहोर उठाउँने गाडी आउँदैन । उक्त फोहोरको कारण्ले बजार क्षेत्र दुर्गन्धीत भैरहेतापानी स्थानीय सरकारले खासै चासो नदेखाएको इनरुवाका व्यापारीहरुको गुनासो छ ।

जिल्ला अस्पताल सुनसरी इनरुवा जाने सडक,इनरुवा बजारको मुख्य सडक,शिव मन्दिर,गुद्री लगायतको सडक खण्डबाट दैनिक फोहोर थुपारिएको हुन्छ तर सम्बन्धीत निकायले फोहोर उठाउनुको सट्टा फोहोर व्यवस्थापन सम्बन्धी छलफल गर्नमा सिमित बसेको स्थानियहरु बताउँछन् । फोहोर व्यवस्थापन सम्बन्धी छलफल गरेको पनि ५ दिन बितिसक्यो तर फोहोर उठ्न सकोको छैन ।
दिन दिनै बजार क्षेत्र दुर्गन्धीत भैरहेको र स्थानीय सरकारले यस तर्फ ध्यान नदिएकोले स्थानीय चिन्तीत बनेका छन् ।

त्यस्तै इनरुवा–१ लोकतान्त्रीक चौक स्थिर रहेको सुपर मार्केटको भवनमा रहेको सार्वजानिक सौचालय नियमित सरसफाई नहुँदा बजार आएका सर्वसाधारण तथा स्थानीय व्यापारी हरुले सास्ती भोग्न बाध्य बनेको राजकुमार परियारले जनकारी पदए । इनरुवा बजार आएका अधिकांस मानिसहरुले उक्त सौचालय प्रयोग गर्नेगरेको छ । तर समयमा सरस।फाई नभएको कारणले फोहोरमै सौच गर्न बाध्य भएको राम साहले जानकारी दिए । उनका अनुसार स्थानीय सरकारले यस तर्फ ध्यान नदिएकै कारणले सौचालयको हाल बेहाल बनेको हो ।

उक्त फोहोर मैलाले मानवको स्वास्थ्यमा निकै असर पार्ने भएकोले सम्बन्धीत निकायले उक्त समस्याको समाधान चाँडोभन्दा चाँडो गर्नेतर्फ लाग्नु जरुरी देखिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट