July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:४८
श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
तरहरा : इटहरी २० तरहरामा श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।

बुधबार बिहान ३५ वर्षीय राजेश कार्कीले श्रीमती ३० वर्षीया सरिता कटवाल (कार्की) माथि धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार बिहानको समयमा आपसी घरायसी विवादमा कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट सरिताको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको खड्काले जानकारी दिए ।

‘धारिलो हतियार प्रहार गरेको सूचना पाएलगत्तै हामीले श्रीमानलाई नियन्णमा लिएका छौँ,’ प्रहरी निरीक्षक खड्काले टाकुरासँग भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार मोरङको सुन्दरहरैँचा निवासी कार्की दम्पत्ती मंगलबार साँझ तरहरामा आफन्तकहाँ आएका थिए ।

स्थानीयबासीका अनुसार तरहराको मुख्य राजमार्गमा पर्ने रुद्राक्ष पार्टी प्यालेस नजिकैको होटलमा आएका उनीहरू उक्त होटल साहुका आफन्त रहेको खुलेको छ ।

‘हिजो बेलुका मात्रै यहाँ आफन्त पर्नेकहाँ पाहुना आएका रहेछन्,’ एक प्रत्यक्षदर्शी महिलाले भनिन्, ‘कहाँबाट आए र कहाँका मान्छे हुन् भन्ने यकिन भएको छैन ।’

प्रहरीले घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्