April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य 

बोर्डले चलचित्रको आम्दानी सार्वजनिक गरेकोमा दीपकराजको आपत्ति, केसीले बदनियत राखेको आरोप

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:१९
बोर्डले चलचित्रको आम्दानी सार्वजनिक गरेकोमा दीपकराजको आपत्ति, केसीले बदनियत राखेको आरोप

काठमाडौं । निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् ।
बोर्डसँग यसरी चलचित्र निर्माताहरूको व्यक्तिगत आम्दानी मिडियामा वितरण गर्ने अधिकार नभएको उनको तर्क छ ।

विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै हिजो २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो ।
बोर्डको सो सूची सबै मिडियाहरूले प्रकाशित गरेका छन् । गिरीले फेसबुकमा स्टाटस लेख्दै बोर्डको सो कार्यप्रति विरोध जनाएका हुन् ।
उनले आफ्नो चलचित्र छक्कापञ्जा ४ ले व्यापार गरेको भनेको रकम पनि गलत भएको दाबी गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै गिरीले विकास बोर्डका अध्यक्ष भुवन केसीले खराब नियत राखेर यसरी चलचित्रहरूको आम्दानी सार्वजनिक गरेको बताए ।

उनले प्रश्न गरे, ‘विनोद चौधरीले एक वर्षमा कति चाउचाउ बेचे भन्ने पब्लिकलाई थाहा छ ? निजी व्यवसायबाट भएको आम्दानी यसरी सार्वजनिक गर्न बोर्डलाई कसले अधिकार दियो ?’

आम्दानी सार्वजनिक हुँदा तपाईंहरुलाई के अप्ठेरो पर्छ भन्ने प्रश्नमा उनले यसबाट जनतामा भ्रम फैलिने उल्लेख गरे ।

‘यति करोड उति करोड कमायो भनेर जुन सूची दिइएको छ, त्यो निर्माताको आम्दानी होइन । त्यो भनेको ग्रस कलेक्सन हो, जसको अलिकति हिस्सा मात्रै निर्माताको भागमा पर्छ ।
तर, मान्छेले त त्यो सबै हामीले कमाएको भनेर सोच्छन् नि होइन ? भोलि मेरो घरमा चोर पस्यो भने को जिम्मेवार ?’

मिडियाहरूले फलानो चलचित्रले यति व्यापार गर्‍यो उति कमायो भनेर लेख्नु नौलो कुरा नभए पनि बोर्डजस्तो नियामक निकायले यसो गर्न नमिल्ने गिरीले तर्क गरे ।

उनले फेरि विनोद चौधरीको उदाहरण दिँदै भने, ‘चौधरीको सम्पत्ति यति छ, कमाइ यति छ भनेर मिडियाले लेख्नु एउटा कुरा हो । तर, कर कार्यालय नै उनले यति कमाए भनेर त निकाल्दैन नि ?’

भुवन केसी चलचित्र विकास बोर्डमा आएदेखि नै यस क्षेत्रमा भाँडभैलो भइरहेको पनि गिरीले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
कस्तो भाँडभैलो भन्न खोज्नुभएको हो ? भन्ने प्रश्नमा उनले व्याख्या गर्न चाहेनन् ।

गिरीले जवाफ दिए, ‘तपाईँहरू आफैँले देखिरहनुभएको छ नि । म यसमा धेरै बोल्न चाहन्न ।’

विकासले सार्वजनिक गरेको सूचीमा छक्का पञ्चा ४ ले करिब १७ करोड ग्रस कलेन्सन गरेको उल्लेख थियो ।

२०७९ सालमा सर्वाधिक कमाई गर्ने कबड्डी ४पछिको यो दोस्रो चलचित्र हो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट