sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उच्च रक्तचाप प्राकृतिक विधिबाट पनि नियन्त्रण हुन्छ

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:४९
उच्च रक्तचाप प्राकृतिक विधिबाट पनि नियन्त्रण हुन्छ

काठमाडौं । उच्च रक्तचाप भनेको मुटुको धमनीमा रगतको प्रवाह अचानक बढ्ने अवस्था हो । यदि लगातार उच्च रक्तचाप बढिरहेको छ भने त्यसको उपचार गर्नुपर्छ । अन्यथा यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु बताउँछन् ।
उच्च रक्तचाप नियन्त्रण गर्न औषधि खानैपर्छ ?

उच्च रक्तचाप १४० देखि १५० माथिल्लो र ८० देखि ९० तल भएका कतिपय व्यक्तिलाई जीवनशैली परिवर्तनबाटै पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । तर जीवनशैलीमा परिवर्तन गर्दा पनि उच्च रक्तचाप नियन्त्रण हुन सकेन भने चाहिं औषधि खानैपर्ने डा. कोजु सुझाउँछन् ।
‘उच्च रक्तचाप नियन्त्रण भइरहेको छैन । तर म जीवनशैली नै परिवर्तन गर्छु, औषधि खाँदिन भन्दा उच्च रक्तचापले हाम्रो शरीरमा विभिन्न नकारात्मक असर गर्न सक्छ । त्यसैले नियन्त्रण गर्न औषधि खानु नै उपयोगी हुन्छ,’ उनी भन्छन् ।
औषधिले कसरी काम गर्छ ?

सामान्यतया माथिल्लो रक्तचाप ९० देखि १२० को बीचमा हुनुपर्छ भने तल ६० देखि ८० को बीचमा । तर माथिल्लो रक्तचाप १४० भन्दा माथि गयो र तल ९० भन्दा माथि पुगेमा भने रक्तनलीमा रगतको प्रवाह बढ्छ । रक्तनलीमा रगतको चाप बढेपछि मिर्गौला, मुटु, आँखा लगायत अंगमा रक्तसञ्चारको नकारात्मक प्रभाव पर्छ । उच्च रक्तचापले शरीरमा नराम्रो असर गर्ने भएकाले त्यसबाट बचाउन र रक्तनलीमा आवश्यक मात्रामा चाप मिलाउन औषधिले काम गर्ने कोजु बताउँछन् ।

साइड इफेक्ट के हुन्छ ?

डा. कोजु भन्छन्, ‘उच्च रक्तचापको औषधि प्रशस्त अध्ययन र अनुसन्धानपछि प्रयोगमा ल्याइएको भएकाले यसको खासै ठूलो साइड इफेक्ट हुँदैन । कसैकसैमा भने खुट्टा सुन्निने, सुख्खा खोकी लाग्ने, दमको रोगी छन् भने स्याँस्याँ अलि बढ्ने जस्ता साधारण साइड इफेक्ट देखिन्छ । तर औषधिको साइड इफेक्टभन्दा फाइदा नै धेरै हुन्छ ।’

यो जीवनभर खानैपर्छ ?

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न औषधि खाने भएकाले उच्च रक्तचाप बढी छ भने त जीवनभर नै औषधि खानैपर्ने कोजु बताउँछन् ।

‘प्रायः व्यक्तिलाई यो औषधि जीवनभर नै खानैपर्ने हुन्छ । तर कतिपय व्यक्तिलाई जीवनशैली परिवर्तन गरेर मोटोपन कम ग¥यो, तनाव कम लियो, धुम्रपान, मद्यपान गरेन भने उसको रक्तचाप नियन्त्रण भयो भने औषधि बन्द गर्न पनि सकिन्छ,’ कोजु भन्छन् ।

उच्च रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक तरिका

उच्च रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक उपाय भनेको जीवनशैली परिवर्तन नै हो । त्यसैले जीवनशैली परिवर्तन गरेर उच्च रक्तचाप नियन्त्रणमा राख्न यी कुरामा ध्यान दिनुपर्ने डा. कोजु सुझाउँछन् ।

–बिहान समयमा उठ्ने

–दैनिक व्यायाम, योग, ध्यान गर्ने

–अनावश्यक तनाव नलिने

–धुम्रपान, मदिरापान नगर्ने

–मोटोपन घटाउने

–नुन धेरै खाने खाने बानी छ भने कम खाने

–धेरै गुलियो, कार्बोहाइड्रेट बढी भएको खाना तथा धेरै चिल्लो खाना कम खाने

–हरियो सागपात तरकारी र फलफूल प्रशस्त मात्रामा खाने ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid