May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

नेपालबाट सबैभन्दा बढी निर्यात हुने १० वस्तु के के हुन त ?

  • साझा परिवेश
  • आइतवार, चैत्र २५, २०८० 0७:३७
नेपालबाट सबैभन्दा बढी निर्यात हुने १० वस्तु के के हुन त ?

काठमाडौ । नेपालबाट चालू आवको ८ महिनाको अवधिमा जस्तापाताको सबैभन्दा धेरै निर्यात भएको छ । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट हुने कूल निर्यातको हिस्सामा जस्तापाताको निर्यात ७.९ प्रतिशतले छ । र, यस अवधिमा जस्तापाताको निर्यात ७४ प्रतिशतले बढेको छ । यस्तै, पोलिस्टार र्यानको निर्यात ६.३ प्रतिशतले बढेको छ । यो वस्तुको निर्यातले नेपालबाट हुने कूल निर्यातको ७.१ प्रतिशत हिस्सा ओगटेको छ । यस अवधिमा नेपालबाट ७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ ।

तेस्रो सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा रहेको वूलन कार्पेटले कूल निर्यातको ६.९ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि, यो वस्तुको निर्यात गत वर्षको यही अवधिको तुलनामा ६.१ प्रतिशतले घटेको छ । र, यस अवधिमा नेपालबाट ६ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको तथ्याङ्क केन्द्रीय बैंकले दिएको छ । चौथो नम्बरमा रहेको जुसको निर्यातबाट नेपालले ५ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ ।

जुसको निर्यातले कूल निर्यातको ५.३ प्रतिशत हिस्सा ओगटेको छ भने अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढेको छ । यस अवधिमा ५ अर्ब १७ करोडको अलैँचीको निर्यात, ४ अर्ब ९३ करोड रुपैयाँको काठको धुलोबाट बनेको बोर्डको निर्यात हुँदा जुटका वस्तुको निर्यातबाट ४ अर्ब ७६ करोड रुपैयाँ भित्रिएको छ । यस्तै, पाम आयलको निर्यातबाट ४ अर्ब ६३ करोड रुपैयाँ र रेडिमेट्स गार्मेन्ट्सबाट ४ अर्ब २४ करोड रुपैयाँ भित्रिएको छ ।

यस्तै, नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा १०औँ स्थानमा रहेको चियाको निर्यातबाट २ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको तथ्याङ्क छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २५, २०८० 0७:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।