April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

रास्वपाको ढोका बन्द हुने इमान बेच्नेहरूका लागि : रवि लामिछाने

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:५४
रास्वपाको ढोका बन्द हुने इमान बेच्नेहरूका लागि  : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहने बताएका छन्।

चितवनमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बिक्रीमा राख्नेहरू आफ्नै पार्टीभित्रका र हिजो आफूसँगै हिँडेकाहरू भएपनि पार्टीको ढोका बन्द गरिने बताएका हुन्।
‘मेरा दलका साथीहरूले इमान बिक्रीमा राखेका छन् भने उसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको ढोका खुल्ला हुन्छ भन्ने छैन,’ उनले भने, ‘त्यो ढोका बन्द हुन्छ, यदी प्रमाणित भएको खण्डमा।’

लामिछानेले इमानको यात्रामा हजारौं जोडिएका र को कुन उद्धेश्यका लागि जोडिएका छन् भनेर बुझ्न समय लाग्ने बताए।

बुझ्नका लागि समय लाग्दै गर्दा रास्वपामा जोडिएकाहरूले पार्टीले बनाएको विधिमात्रै मानिदिए पुग्ने बताए।

उनले संगै हिँडेका सहयात्रीले बाटो बिराए भने उनीहरूका भारी आफूले नबोक्ने पनि बताए।

‘इमान किन्न गौँडागौँडामा मान्छे बसेका छन्। तर, बेच्नेले नबेच्यो भने किन्नेले किन्न सक्दैन,’ उनले भने, ‘कसैले गलत गरेछ आफन्त हो कि पराई हो अनुहारमा नहेरी सजाय दिन सकिन्छ।’

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट