May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

मन्त्रालयको निर्देशन मान्नै पर्ने चेतावनी

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १५:३९
मन्त्रालयको निर्देशन मान्नै पर्ने चेतावनी
  • निर्देशन पालना नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तुरुन्तै फेरिन सक्ने  ।
  • मेसु रविनमान सिंहलाई पुरानै जिम्मेवारीमा फर्काउँदै डा. चन्द्रभाल झालाई मेसुमा नियुक्त गरिएको थियो।

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको निर्देशन पालना नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तुरुन्तै फेरिने बताएका छन् । सोमबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले मन्त्रालयको निर्देशन पालना नगरी जनस्वास्थ्यमा लापरबाही गर्ने अस्पतालका मेसु तुरुन्तै फेरिने बताएका हुन् ।

कोसी अस्पतालको सन्दर्भ जोड्दै उनले भने, “त्यहाँ म आफैँ निरीक्षणमा गएको थिएँ । व्यवस्थापन मन परेन, मेसु पनि दसौँ तहका रहेछन् । त्योभन्दा राम्रो काम गर्ने एघारौँ तहका कर्मचारी भेट्यौँ र मेसु चेन्ज गरिएको हो ।” उनका अनुसार नयाँ मेसुलाई तीन महिनाभित्र अस्पतालको अवस्था परिवर्तन गर्ने गरी नियुक्त गरिएको हो ।

“त्यहाँमात्रै होइन कुनै पनि अस्पतालमा मन्त्रालयको निर्देशन नमानेको जनस्वास्थ्य सेवामा हेलचेक्र्याइँ गरेको पाइए तुरुन्तै चेन्ज गरिन्छ । जनताको स्वास्थ्य सेवामा कन्जुस्याइँ गर्न पाइँदैन,” मन्त्री बस्नेतले भने । मोरङको कोसी अस्पतालमा आइतबार निमित्त मेसु रविनमान सिंहलाई पुरानै जिम्मेवारीमा फर्काउँदै डा. चन्द्रभाल झालाई मेसुमा नियुक्त गरिएको थियो ।

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट