sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्रालयको निर्देशन मान्नै पर्ने चेतावनी

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १५:३९
मन्त्रालयको निर्देशन मान्नै पर्ने चेतावनी
  • निर्देशन पालना नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तुरुन्तै फेरिन सक्ने  ।
  • मेसु रविनमान सिंहलाई पुरानै जिम्मेवारीमा फर्काउँदै डा. चन्द्रभाल झालाई मेसुमा नियुक्त गरिएको थियो।

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको निर्देशन पालना नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तुरुन्तै फेरिने बताएका छन् । सोमबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले मन्त्रालयको निर्देशन पालना नगरी जनस्वास्थ्यमा लापरबाही गर्ने अस्पतालका मेसु तुरुन्तै फेरिने बताएका हुन् ।

कोसी अस्पतालको सन्दर्भ जोड्दै उनले भने, “त्यहाँ म आफैँ निरीक्षणमा गएको थिएँ । व्यवस्थापन मन परेन, मेसु पनि दसौँ तहका रहेछन् । त्योभन्दा राम्रो काम गर्ने एघारौँ तहका कर्मचारी भेट्यौँ र मेसु चेन्ज गरिएको हो ।” उनका अनुसार नयाँ मेसुलाई तीन महिनाभित्र अस्पतालको अवस्था परिवर्तन गर्ने गरी नियुक्त गरिएको हो ।

“त्यहाँमात्रै होइन कुनै पनि अस्पतालमा मन्त्रालयको निर्देशन नमानेको जनस्वास्थ्य सेवामा हेलचेक्र्याइँ गरेको पाइए तुरुन्तै चेन्ज गरिन्छ । जनताको स्वास्थ्य सेवामा कन्जुस्याइँ गर्न पाइँदैन,” मन्त्री बस्नेतले भने । मोरङको कोसी अस्पतालमा आइतबार निमित्त मेसु रविनमान सिंहलाई पुरानै जिम्मेवारीमा फर्काउँदै डा. चन्द्रभाल झालाई मेसुमा नियुक्त गरिएको थियो ।

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid