April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

बिद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:३५
बिद्यालय नर्सिङ कार्यकम सञ्चालन गर्दै

कालीकोट । कालीकोटको राष्कोट नगरपालिकाले बिद्यालय नर्सिङ कार्यक्रम सन्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण बिकासका लागि बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । नगरले वडा कार्यलय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको बिकासका लागि बृहत् सिंचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ ।

नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९–८० का सबै कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रममा नर्सिङ कार्यक्रम, वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित बर्गका कार्यक्रमलाई प्राथमिक्ता दिने बताउनुभयो । पर्यटन बिकासका लागि देउरामालिका हुँदै बडिमालिका सम्म बाटो निर्माण कार्यलाई प्राथमिक्ता दिने बताइएको छ ।

नगरको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने बताइएको छ । यस्तै शिक्षातर्फ विद्यालय समायोजन, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ र सुरक्षा गार्डलाई पूर्णकालिन बनाइने उल्लेख छ । राष्कोट नगरपालिकाले आर्थिक बर्ष २०८०–८१ का लागि ४९ करोड वजेट ल्याएको छ ।

नगर उपप्रमुख मनिराज बरालले वजेट प्रस्तुत गर्दै नगरको बिकासमा लागि ४९ करोड ९१ लाख १५ हजार सात सय रूपियाँ रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक मन्दीका बीच वजेट कार्यान्वयन गरिने बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट