May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सन्दीपविरुद्धको मुद्दा आज सुनुवाइ हुदै

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० ११:५८
सन्दीपविरुद्धको मुद्दा आज सुनुवाइ हुदै
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथि आज सुनुवाइ
  • जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर
  • अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै अदालतले निवेदन खारेज गरेको थियो
  • क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो
  • असार ३१ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ 

काठमाडौं ।।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनमाथि आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ पहलो नम्बरमा रहेको छ ।

लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरिएको थियो । उक्त निवेदनमाथि सुनुवाइ नभई जबरजस्ती करणीको मुख्य मुद्दाको सुनुवाइ नगर्ने भन्दै यसअघि सुनुवाइ स्थगित गरिएको थियो ।

अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरिएको थियो । मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै अदालतले निवेदन खारेज गरेको थियो ।

तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित गरिँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो । निवेदनमाथि आज सुनुवाइपछि अन्तरिम राहत दिने-नदिनेसम्बन्धी निर्णय हुनसक्छ ।

उक्त निवेदनको टुंगो लागेमा मात्र मुख्य मुद्दाको सुनुवाइ हुनेछ । हाल क्रिकेट खेल्न जिम्वाब्वे गएका लामिछानेलाई साधारण तारेखमा राखिएको छ । तारेख बुझ्नका लागि उनी यही असार ३१ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।