sweet bonanza
February 9, 2026 | सोमवार, माघ २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रोल्पामा प्रहरीद्वारा ठूलो परिणाममा अफिम खेती नष्ट

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:१२
रोल्पामा प्रहरीद्वारा ठूलो परिणाममा अफिम खेती नष्ट

रोल्पा । रोल्पामा प्रहरीले ठूलो परिणाममा खेती गरिएको अफिम नष्ट गरेको छ।
रोल्पा प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरको नेतृत्वमा गएको प्रहरी टोलिले रोल्पाको परिवर्तन
गाउँपालिकाको बिभिन्न स्थानहरुमा अवैध रुपमा खेती गर्दै आएको अफिम नष्ट गरेको हो।

उक्त ठाँउहरुमा अबैध रूपमा अफिम खेती भैरहेको भन्ने गोप्य सूचना प्राप्त भए बमोजिम उक्त ठाँउहरुमा पुगि
करिब २८ रोपनी क्षेत्रफलको जमिनमा अबैध रूपमा खेती गर्दैआएको अफिम खेती नष्ट गरेको बताइएको छ।

प्रहरी प्रमुख सारु मगरका अनुसार प्रहरीले परिवर्तन गाउँपालिकाको वडा नं. ४ स्थित खोलागाउँ, तारल, बसुन्धरा भन्ने
स्थानका करिब २० रोपनी क्षेत्रफलको पाखोबारीमा लगाएको करिब १८ हजार बोट अवैध अफिम खेती फडानी गरी नष्ट गरेको हो।

यसैगरी प्रहरीले वडा नं. ४ कै जैरेनी, तातापानी भन्ने स्थानको पाखोबारी र सोही गाउँपालिकाको वडा नं. ५ को बजेनी भन्ने
स्थानको जंगल बिचमा गोठहरु रहेको करिब ८ रोपनी जमिनमा खेती गरिएको करिब ७ हजार ५ सय बोट अवैध अफिम खेती फडानी गरी नष्ट गरिएको छ ।

प्रहरीका अनुसार जिल्लाका अन्य विकट ठाँउहरुम पनि लागु औषध अफिम तथा गाजाको खेती भएको हुन सक्ने भएकाले
खोजी कार्य तथा अनुसन्धान भैरहेको र पाइएमा तत्काल नष्ट गरि कानुन बमोजिम कार्बाही गरिने बताए ।

यसैगरी लागू औषध बिक्रीवितरण तथा ओसारपसार कार्य लाई रोक्न कडाइका साथ जिल्लाभर प्रहरी परिचालन गरिएको छ।

तथ्यांक अनुसार रोल्पा गाँजा, चरेस, अफिम उत्पादन हुने जिल्ला मात्र नभइ छिमेकी जिल्ला रुकुम र बाग्लुङका लागू औषध ओसारपसार हुने नाकाको रूपमा समेत चिनिन्छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid