May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

८२ करोडमा झर्यो सेयर बजारमा कारोबार रकम

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४0
८२ करोडमा झर्यो सेयर बजारमा कारोबार रकम

काठमाडौं। सेयर बजारमा दोहोरो अंकले करेक्सन आएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ४ अंकले घटेको छ।

२६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भयो। आज ३१ हजार ४१५ पटक कारोबार भयो। दोहोरो अंकले ओरालो लागेको बजारमा ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सनराइज ब्लुचिप फन्ड,आदर्श लघुवित्त वित्तीय र कालिञ्चोक दर्शनको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधार मोलुङ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३ करोड ११ लाख बढिको स‍ेयर कारोबार भयो।

यस्तै २ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार गरी शिवम् सिमेन्ट दोस्रो र एनआईसी एसिया बैंक २ करोड ३८ लाख मूल्य बराबरको कारोबार गरी तेस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो भने १ को मात्रै बढ्यो। आज फाइनान्स उपसमूहको सूचक सर्वाधिक २.०१ प्रतिशतले  घट्यो। ​​​​​​​बैंकिङ ,डेभलपमेन्ट बैंक,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक ०.३१ प्रतिशतले बढ्यो।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट