May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

स्वतन्त्र सांसद अनिरुद्धसिंहमाथी ज्यान मुद्दा

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० ११:0७
स्वतन्त्र सांसद अनिरुद्धसिंहमाथी ज्यान मुद्दा

जनकपुरधाम ।।

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेको बारे मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गरी जानकारी गराएको छ ।प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना जारी गरेका हुन् ।

‘… निज अनिरूद्ध सिंह यादवलाई प्रस्तुत मुद्दाको सन्दर्भमा कानुन बमोजिम हुन आजैको मितिमा पकाउ गरी सम्मानित सप्तरी जिल्ला अदालतमा पेस गरिएको भन्ने व्यहोराको जानकारी माननीय सभामुखज्यूलाई प्राप्त हुन आएकोले माननीय सभामुखज्यूको निर्देशनमा प्रदेश सभा कार्यसंचालन नियमावली, २०७४ को नियम २१० को उपनियम (२) बमोजिम यो सूचना गरिएको छ,’ सूचनामा उल्लेख छ ।’

सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा सोमबार दिउँसो २ : ५५ बजेको समयमा राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको हो ।

 

बोदेबर्साइन नगरपालिका-५ का सांसद यादवलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा पेस गरिएको थियो । उनलाई पुनः मंगलबार पेस गर्ने गरी प्रहरीलाई हिरासतमा राख्न अदालतले भनेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस-१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस-५ वैरिया टोलमा पाँच गोली प्रहार गरी हत्या भएको थियो ।

मृतककी दिदी धनगढी गाविस-३ की  रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्य ज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

जाहिरीपरेपछि यादव फरार भएका थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । त्यस यता उनी फरारको सूचीमा थिए । यद्यपि उनी प्रत्यक्ष चुनाव लडेर जित्दासमेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।