April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

वीर अस्पताल आफै बिरामी !

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० 0८:१७
वीर अस्पताल आफै बिरामी !

वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ। चालु आर्थिक वर्ष २०८०र८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो। आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

शय्या संख्या र सेवा विस्तार भए पनि सोही अनुपातमा बजेट विनियोजन हुनु त कता हो कता पहिलाको तुलनामा बजेट घट्दै गएपछि वीर अस्पताल आर्थिक संकटमा परेको लेखा शाखा प्रमुख थमनारायण शर्माले बताए। उनका अनुसार बजेट कम भएपछि बिरामीको खाद्यान्न, उपकरण मर्मत, सफाइ कर्मचारी र अक्सिजनको खर्च धान्न अस्पताललाई मुस्किल परेको छ। अस्पतालमा रिएजेन्ट, अपे्रसन थिएटर, प्रयोगशाला, एक्सरेलगायत विभागका लागि आवश्यक उपकरण तथा उपचार सामग्री किन्न नसक्ने अवस्था निम्तिएको उनले बताए।

लेखा प्रमुख शर्माका अनुसार वीरले दोब्बर क्षमता विस्तार गरिसकेको अवस्थामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबिकको भन्दा अझै कम बजेट दिएकाले जटिल परिस्थिति सिर्जना भएको हो। ४६० शड्ढया हुँदा जति बजेट आउँथ्यो ९६० शड्ढया पुगिसक्दा पनि पहिलाको भन्दा झनै कम बजेट विनियोजन गरिएको उनको भनाइ छ। त्यसमाथि भिआइपी र भिभिआइपी उपचार कक्ष विस्तार भएपछि स्वाभाविक रूपमा खर्च बढेको शर्माले बताए। ७०० शड्ढया निःशुल्क गरेपछि त झनै आर्थिक भार बढेको उनले जानकारी दिए। वीरमा दैनिक २५ सयदेखि ३ हजार बिरामी सेवा लिन पुग्छन्। आर्थिक वर्ष २०७८र७९ मा वीर अस्पतालका लागि २ अर्ब बजेट निकासा भएको थियो।

२०७९र८० मा १ अर्ब ४३ करोेड रूपैयाँ मात्र विनियोजन भयो। चालु आर्थिक वर्षमा ७३ करोड विनियोेजन गरिएको छ, जुन अस्पतालमा विस्तार भएको सेवा, सुविधा र कर्मचारीको खर्च धान्न पनि अपुग हुने बताइएको छ। गत वर्ष उपचार सामग्री खरिदमा मात्र ६० करोड ६० लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो। ‘यो वर्ष कुल बजेट ७३ करोडले कसरी सबै खर्च धान्न सम्भव छ,’ लेखा प्रमुख शर्माले भने।

यसैबीच बिरामीलाई खाना खुवाउन हम्मे परेको खबर सञ्चारमाध्यममा आएपछि अर्थ मन्त्रालयले बिहीबार ४ करोड ५० लाख रूपैयाँ निकासा गरेको अनौपचारिक जानकारी प्राप्त भएको शर्माले बताए। अहिलेको संकटमा त्यति रकमले एक छेउ पनि टार्न नसक्ने भन्दै त्यसलाई वीरले स्विकार्न नसक्ने उनले बताए। ‘मन्त्रालयले दिन लागेको रकम आवश्यकताभन्दा निकै कम भएकाले लिन सकिन्नँ,’ उनले भने। विनियोजित बजेटमा पनि खाद्यान्न, अक्सिजन र मर्मतका लागि शून्य सिलिङ भएकाले थप संकट देखिएको अस्पतालको भनाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० 0८:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट