April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

इनरुवा अस्पतालको नाममा रहेको जग्गा खोज्दै मेसु घिमिरे

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १३:१२
इनरुवा अस्पतालको नाममा रहेको जग्गा खोज्दै मेसु घिमिरे

सुनसरी । जिल्ला अस्पताल सुनसरी,इनरुवाका प्रमुख डा.देवराज घिमिरे बारम्बार चर्चामा आइरहेका छन् ।
अस्पतालको वातावरण सुधार देखी जिल्ला समन्वय समितिका सभापति सँगको सम्बन्धको कारण उनी चर्चामा रहे ।
इनरुवा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पाएदेखीनै घिमिरे अस्पतालको व्यवस्थापनमा सक्रिय देखिए ।
नियमित सेवा प्रवाह गर्नेदेखि अस्पतालमा उपकरणको व्यवस्थापन र सरसफाइमा उनले ध्यान दिए ।
पछिल्लो समय प्रदेश, स्थानीय र सङ्घीय सरकार सँगको समन्वयमा नयाँ उपकरण र भवन थप गर्न उनले पहल गरिरहेका छन् ।
सोही अनुसार नापी कार्यालयलाई अस्पतालको स्वामित्वमा रहेको जग्गाको वास्तविक क्षेत्रफल कायम गरिपाऊँ भन्दै निवेदन दिएका छन् ।
अस्पतालको स्तरोन्नतिको लागि भवन लगायत संरचना बनाउनुपर्ने भएकाले अस्पतालको नाममा रहेको जग्गाको विवरण छुटाइदिन आग्रह गरेका हुन् ।
चैत २९ गते पत्र पठाउँदै उनले अस्पतालको नाममा देखिएको इनरुवा १ ९क० कित्ता नम्बर ८० को १ विगाह १४ कट्ठा १३ धुर जग्गा रहेको हुँदा त्यसको चारकिल्ला गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् ।
उनले दिएको निवेदन उपर नापी कार्यालयका प्रमुखले सम्बन्धित शाखालाई जग्गाको विवरण खोजी गरी चारकिल्ला गराउन निर्देशन दिएका छन् ।
हालभोगचलनमा भएको भन्दा धेरै जग्गा भएकाले बाँकी जग्गामा नयाँ संरचना बनाउने तयारी भएको मेसु घिमिरेले बताए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट