May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सभापति चयन नगरे अर्को बैठकमा आउँदैनौं : योगेश भट्टराई

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १५:२३
सभापति चयन नगरे अर्को बैठकमा आउँदैनौं : योगेश भट्टराई
  • सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी 
  • ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय

काठमाडौं ।।

नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको बताए ।

७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भट्टराईले अगाडि भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन ।’

भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उनले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताए । ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं’ एमाले सचिव भट्टराईले भने, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।’

यसबारे आफूहरुले सभामुखको ध्यानाकर्षण गराउन लागेको समेत एमाले सांसद भट्टराईले बताए । सत्ता पक्षको झै-झगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उनले भने, ‘सम्भवत समितिको अर्को बैठकमा आउँदैनौं ।’

  • साझा परिवेश
  • आइतवार, साउन १४, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।