काठमाडौँ ।
‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । गीतको गायिका हुन् एलिना चौहान । करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको हो ।
गीत भाइरल भएपनि गायिका चौहानकोव्यस्तता बढ्नु स्वभाविक हो ।स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि अष्ट्रेलिया पुगेकी उनको सांगीतिक कार्यक्रमसँगै अष्ट्रेलियामा रहँदै आएका युवक विष्णु सापकोटासँग प्रेमको चर्चा पनि चल्न थालेको छ ।
सापकोटा सँग उनको भेट गत भदौमै तिजको कार्यक्रमका सिलसिलामा अष्ट्रेलियामै भएको थियो । त्यहीवेलादेखि उनीहरु प्रेममा रहेको बताइन्छ ।भदौको कार्यक्रमबाट फर्किदा विष्णु पनि उनीसँगै नेपाल आएका थिए । नेपालमा उनीहरुले एउटा युगल गीत समेत गाए ‘बाजा तालमा’ ।
गीतले चर्चा भने कमाउन सकेन । एलिनाले विष्णुसँगको एउटा टिकटक दुबैलाई जोडेर बनाएकी छन् । उक्त भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाई समेत दिएका छन् ।यद्यपी एलिनाले भने अहिले सम्म मुख खोलेकी छैनन् । स्टेज कार्यक्रम र रेकर्डिङमा
व्यस्त रहेकी यी गायिकाले विवाह नहुँदासम्म ‘अफेयर’बारे आफूले केही नखुलाउने बताएकी छन् । उनले ‘इन्गेजमेन्ट भएका कतिपयको सम्बन्ध त टुटेको हुन्छ, विवाह भएकाहरू समेत छुट्टिएका हुन्छन्’त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही नबोल्ने उनी बताउछिन् ।
विवाह भयो भने जानकारी गराउने चौहानको भनाइ छ । उनले अफेयरमा होरहोइन भन्नेबारे समेत केही नखुलाउने बताइन् । एलिना अहिलेकी सर्वाधिक चर्चितमध्येकी गायिका हुन् । सांगीतिक करिअरलाई रफ्तारमा दौडाइरहेकी उनी स्टेज कार्यक्रमका लागि बिहीवार युकेतर्फ प्रस्थान गरेकी छिन । वैशाखमा मात्र उनी नेपाल फर्किने छिन् ।
यो पनि –आज शुक्रबारबाट रिलिज हुने फिल्म ‘प्रेमा’ले राजधानीमा ग्राण्ड प्रिमियर गरेको छ । प्रिमियरपछि फिल्मकर्मीले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन् ।फिल्म ‘महापुरुष’की डेब्यू अभिनेत्री अञ्जना बराइलीले फिल्म आफूलाई राम्रो लागेको बताइन् ।
उनले फिल्मको प्रमुख तीन कलाकार अरुण क्षेत्री, शुभेच्क्षा खड्का र सृष्टि श्रेष्ठको अभिनय मनपरेको जनाइन् । ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक लाग्यो’, उनले भनिन् ।अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको खुलाए ।
शुभेच्क्षा मेरो मनपर्ने कलाकार हो । उहाँको अभिनय अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा कहिँ कतै जोडिन्छ’, उनले भने ।अभिनेत्री सन्ध्या केसीले फिल्मले आम दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको बताइन् । ‘फिल्मका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ ।
फिल्मले दर्शकलाई बाँधेर राख्छ’, सन्ध्याले भनिन् ।फिल्मका अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्यूट्रल’ रहे पनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । ‘हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ । किनकी फिल्म बाहिर आइसकेको थिएन । तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छु’, अरुणले भने ।
अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । ‘म अत्यन्त खुशी छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु’, शुभेच्क्षाले भनिन् ।निर्देशक गोविन्द सिंह भण्डारीले फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग कनेक्ट गरेको बताए ।
‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ’, उनले भने ।निर्माता विवेक घिमिरेले फिल्मको टिमले राम्रो काम गरेको छ भन्नेमा आफू ढुक्क रहेकोमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले थप ढुक्क भएको खुलाए ।
‘मैले स्क्रिप्ट पढ्दा खेरी नै फिल्ममा लगानी गर्न मन लागेको थियो । आजको प्रिमियरपछिको प्रतिक्रियाले मेरो लगानी खेर नजानेमा म आशावादी छु’, उनले भने ।निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण भएको हो ।
फिल्ममा अरुण, सुभेक्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । फिल्मको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।