December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० ११:१५
गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट
  • लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ
  • ८ आनाको तिलहरी, एक थान मोबाइल लुटेर उनीहरु भागे

 कञ्चनपुर।।

कञ्चनपुरमा दुई महिलालाई कुटपिट र लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ दैजीका २२ वर्षीय कमल चौधरी र सोही ठाउँका २७ वर्षीय राजु डगौरा छन्। उनीहरुले शुक्लाफाँटा नगरपालिका-५ अर्जुनीस्थित जंगलमा बुधवार साँझतिर गर्जमुनी बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी ३५ वर्षीया द्रोपती जोशीलाई कुटपिट गरेर लुटपाट गरेका थिए।

जंगलमा गाई चराएर घर फर्किने क्रममा पूर्व-पश्चिम राजमार्ग अन्गर्तत अर्जुनी जंगलमा से.२ प. ८३६२ नम्बरको मोटरसाइकलमा सवार ती युवकले दुई महिलालाई लुटपाट गरेका प्रहरीले जनाएको छ। जोशीलाई कुटपिट गरी घाइते बनाएपछि उनकी बहिनी द्रोपतीले घाँटीमा लगाएको ८ आनाको तिलहरी, एक थान मोबाइल लुटेर उनीहरु भागेका थिए।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित लुटपाटमा संलग्न युवकलाई पक्राउ गरेको हो।लुटेराको कुटपिटमा परेका जोशी दिदी बहिनीको को दुवै हात र खुट्टामा चोट लागेको छ। उनीहरुको स्थानीय शुक्लाफाँटा पोलिक्लिनिक झलारीमा उपचार भइरहेको छ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।