May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

अब ह्वाट्सएपमा भिडियो कलबिच म्युजिक अडियो शेयर गर्न सकिने

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १४:२६
अब ह्वाट्सएपमा भिडियो कलबिच म्युजिक अडियो शेयर गर्न सकिने

काठमाडौँ । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ फिचर ल्याइरहेको छ । प्रयोगकर्ताहरुलाई कुराकानीमा सहज होस्, एप चलाउँदाको अनुभव राम्रो हुँदै जाओस् भनेर पछिल्लो समय कयौँ हेरफेर भएका छन् भने फिचरहरु थपिएका छन् ।

कम्पनीले ल्याउन लागेको नयाँ फिचरमा भने भिडियो कल गरिरहेकै बेलामा म्युजिक अडियो शेयर गर्न सकिन्छ । ह्वाट्सएपको फिचरलाई ट्र्याक गर्ने वेबसाइट डब्ल्यूएबेटाइन्फोको खबरअनुसार आईओएस र एन्ड्रोइड दुबैमा यो सुविधा विकसित भइरहेको छ । यो सुविधाले प्रयोगकर्तालाई भिडियो कल भइरहेको बेलामा भिडियो वा म्युजिक अडियो सँगै सुन्ने अनि शेयर गर्ने अनुमति दिनेछ ।

पछिल्लो समय म्यासेजिङ र कम्युनिकेशन एपमा प्रतिस्पर्धा चर्किरहेको छ । प्रयोगकर्ताहरुलाई आफूतर्फ आकर्षित गर्न कम्पनीहरुले अनेकौँ फिचर थपिरहेका छन् । यो फिचरले ह्वाट्सएपलाई अरु बाट फरक बनाउने विश्लेषण गरिएको छ ।

यसैबीच ह्वाट्सएपले केही बेटा टेष्टर्सका लागि नयाँ ‘म्यानेज इमोजी रिप्लेसमेन्ट’ फिचर ल्याउँदैछ । माइक्रोसफ्ट स्टोरबाट विन्डोजमा २.२३५०.३.० अपडेट गर्नेले यो फिचर चलाउन पाउनेछन् । नयाँ अपडेटले टेक्स्ट–टू–इमोजी रिप्लेसमेन्टको विकल्प डिजेबल गरिदिनेछ । यसबाट यूजरले म्यासेजिङ अनुभवलाई थप नियन्त्रण गर्न सक्नेछन् ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट