July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चीनको निम्तो बेवास्ता गरेका प्रचण्ड भारत भ्रमणको अन्तिम तयारीमा

  • साझा परिवेश
  • शनिबार, बैशाख २, २०८० १0:४0
चीनको निम्तो बेवास्ता गरेका प्रचण्ड भारत भ्रमणको अन्तिम तयारीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ भारत भ्रमणमा निस्किने अन्तिम तयारीमा छन् । प्रधामन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारत नै हुने बताएका प्रचण्ड चीनको निम्तिलाई समेत आनाकानी गर्दै अन्ततः भारत भ्रमणमा निस्किने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ वैशाख तेस्रो साता तिर भारत भ्रमणमा निस्किने भएका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा निस्किने भएका हुन् । प्रधानमन्त्री निकटहरुका अनुसार प्रचण्ड वैशाख तेस्रो साता नै भारत भ्रमणमा जाने छन् ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गएको सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारत भ्रमणको औपचारिक निम्तो दिएको बताइएको छ ।

राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री प्रचण्डको भ्रमणको चाँजोपाँजो मिलाउनका लागि दिल्ली गएका थिए ।

आइतबार दिल्लीबाट फर्किएका राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेपछि भ्रमणको टुंगो लागेको बताइएको छ ।

प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए । तर, नेपालको आन्तरिक राजनीतिमा भएको उचारचढावले प्रधानमन्त्रीको भारत भ्रमण ढिला हुँदै आएको थियो ।

भ्रमण निश्चित भएपनि मिति भने तय भई सकेको छैन । प्रचण्डको भ्रमणको मिति तय अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

यता परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरू गरेको छ ।

एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सरकारले लगभग पूर्णता पाएको र आन्तरिक समस्याहरू समाधानतर्फ उन्मुख भएको महशुस गरेपछि भारतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति पक्का गरेको हो ।

चीनले समेत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर छलफल अघि बढाएको छ । तर, प्रचण्डले चीन भन्दा पहिले भारत भमणमा जान चाहेकाले चीन भ्रमणको विषय धकेलिएको बताइन्छ ।

कुटनीतिक वृत्तमा प्रचण्डले भारतलाई सन्तुलनमा ल्याउन पनि भारत भ्रमणलाई प्राथमिकता राखेको हल्ला चल्ने गरेको छ ।

प्रचण्ड नेतृत्वको सरकारका सहभागी भएको एमाले र अध्यक्ष केपी ओलीले त भारतले हस्तक्षेप गरेको भन्दै सार्वजनिक विरोध नै गर्दै आएका छन् ।

भारतले सरकार र गठबन्धन फेरबदलमा हस्तक्षेपकारी भूमिका खेलेको र आन्तरिक मामलामा समेत चासो राख्ने गरेको भन्दै ओलीले आरोप लगाउने गरेका छन् ।

ओलीले प्रचण्ड नेतृत्वको सरकार र कांग्रेससहितको गठबन्धनलाई समेत विदेशी शक्तिको आडमा बनेको आरोप लगाउने गरेको छ । यहि परिदृश्यमा प्रचण्डको भारत भ्रमणको प्राथमिकताले समेत प्रश्न भने उब्जाएको छ ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्