April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

शिक्षक महासंघबीच संसद्‌मा दर्ता भए ६ बुँदे सहमति

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १४:१६
शिक्षक महासंघबीच संसद्‌मा दर्ता भए ६ बुँदे सहमति
  • सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने
  • सहमतिसँगै शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति
  • शिक्षकको पद समायोजन गर्ने 

 काठमाडौँ ।।

विभिन्न १८ बुँदे मागसहित तीन दिनदेखि लगातार आन्दोलनरत नेपाल शिक्षक महासंघबीच संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्नेगरी ६ बुँदे सहमति भएको छ।  शुक्रबार गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजगत्वमा भएको दुई पक्षबीचको वार्तामा ६ बुँदे सहमति भएको हो। सहमति अनुसार संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ।

सहमतिसँगै शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ।सहमतिको पहिलो बुँदामा सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने उल्लेख गरिएको छ। त्यस्तै, शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संसदीय प्रणाली, अभ्यास र संघीय संसद सचालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने सहमति भएको छ।

जसअनुसार शिक्षकको दश दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने सहमति बनेको छ। माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने सहमति पनि उल्लेख गरिएको छ। त्यस्तै, विगततमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको पद समायोजन गर्ने सहमति पनि भएको छ।

सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने सहमतिमा उल्लेख छ।शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि चालीस वर्ष कायम गर्ने सहमति पनि भएको छ। साविक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरवन्दी र अनुदानकोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको सिमित प्रतिष्पर्धाका सम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिक तर्फ पचहत्तर प्रतिशत कायम गर्ने सहमति भएको छ।

यस्ता छन् अन्य सहमतिहरूः

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।