April 23, 2024 | मङ्लबार, बैशाख ११, २०८१
सुचनाहरु
सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै ६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु आईपीएल : राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ

चल्यो गोली, एकको मृत्यू, तीन गम्भिर !

  • साझा परिवेश
  • शनिबार, बैशाख २, २०८० २0:२५
चल्यो गोली, एकको मृत्यू, तीन गम्भिर !

रौतहट । मधेश प्रदेशको रौतहटमा गोली चल्दा एक जनाको मृत्यू भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।

शनिबार जग्गाको विषयमा भएको विवादले उग्र रुप लिँदा गोली चलेपछि एकजनाको मृत्यु भएको हो ।

रौतहटको गढीमाई नगरपालिका वडा नं. ८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य तिनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरकाअनुसार गोली लागेर स्थानीय राजकुमार राय यादव रहेका छन् ।

विवादका क्रममा गोली लागेपछि उनलाई थप उपचारका लागि वीरगञ्ज ल्याइरहेको क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।

नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको १२ बोरको हतियार पनि बरामद गरिएको र र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको बुढामारले बताए ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २, २०८० २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट