March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च सुनको मूल्यमा नयाँ कीर्तिमान ; कति पुग्यो तोलाको ? दुर्गा प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति सिराहामा बाहिरियो एसईई परीक्षाको नेपाली विषयको प्रश्न पत्र चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध राष्ट्रिय सभाको बैठक बस्दै डाक्टर प्रतिभा मृत भेटिइन् बर्षाले रद्द भएको नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा , कहिलेबाट सुधार आउला मौसममा ? कानेपोखरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’

जनताको आश कांग्रेसप्रति छ, जिम्मेवार बनौं : प्रकाशमान

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १२:५७
जनताको आश कांग्रेसप्रति छ, जिम्मेवार बनौं : प्रकाशमान

झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए । आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए ।

जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने उनको जोड छ ।

कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने उनको भनाइ छ । कार्यक्रममा उनले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले समयको माग र आम जनताको चाहनालाई बुझेर सत्तामा गइसकेपछि सम्बोधन गर्नसक्ने क्षमता विकसित गर्नुपर्ने बताए ।

संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठन सन्चालनमा विधि र प्रक्रियालाई आधार मान्नुपर्ने उनको जोड छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट