March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
निजी विद्यालयलाई नाम नेपालीकरण गर्न महानगरपालिकाको अल्टिमेटम भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने ६ अर्ब बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको ध्यानाकर्षण तोलामा २१ सय रुपैयाँ बढ्दा सुनको मूल्य इतिहासकै उच्च सुनको मूल्यमा नयाँ कीर्तिमान ; कति पुग्यो तोलाको ? दुर्गा प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति सिराहामा बाहिरियो एसईई परीक्षाको नेपाली विषयको प्रश्न पत्र चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा नेकपा एमाले झापाको ११ अधिवेशनबाट प्रेम वहादुर गिरी अध्यक्ष सहित पाँच जना निर्विरोध राष्ट्रिय सभाको बैठक बस्दै डाक्टर प्रतिभा मृत भेटिइन् बर्षाले रद्द भएको नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा , कहिलेबाट सुधार आउला मौसममा ? कानेपोखरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य अपराध अनुसन्धानको जनशक्ति बाहेक अन्य प्रहरी सादा पोसाकमा खटिन नपाउने, गृहमन्त्री रविले लगाए घुमुवामा रोक अन्तत इलाम २ मा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर

माटो ढिस्कोले पुरिएर गढी गाउँपालिका ऋषिदेवको मृत्यु 

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:00
माटो ढिस्कोले पुरिएर गढी गाउँपालिका ऋषिदेवको मृत्यु 

काठमाडौं । माटो ढिस्कोले पुरिएर गढी गाउँपालिका नितेश ऋषिदेवको मृत्यु भएको छ ।
आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं–२ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डको भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्ने क्रममा उनको माटो ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
उनी सुनसरी गढी गाउँपालिका वडा नं–२ घर भई हाल भक्तपुर बालकोट बस्दै आएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं। २ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डको भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्ने दुई जना कामदार पुरिएको खबर प्रहरीले पाएको थियो।

खबर पाउनासाथ तत्काल प्रहरी घटनास्थल पुगेर उनीहरूको उद्धार गरेको थियो।

उद्धार गरी घाइतेलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको थियो। घाइतेमध्ये सुनसरी गढी गाउँपालिका वडा नं। २ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षका सियाराम ऋषिदेवको उपचार भइरहेको डिएसपी पाठकले बताए। अर्का घाइते नितेशको भने उपचार क्रममा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय र जेसिबी खटेको थियो।
घटनास्थलमा वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट