April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

एनसेलको सेयर खरिद – बिक्रीबारे सांसदहरूको आकोस्

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १२:५२
एनसेलको सेयर खरिद – बिक्रीबारे सांसदहरूको आकोस्
  • एनसेलको सेयर खरिद – बिक्रीबारे विभिन्न सांसदहरूको प्रश्न
  • धारणा र विगतका अनुभव एवं कार्यका विषयमा पनि जानकारी गराए
  • सुनकण्ड, लालितनिवास कहाँ गयो ?

काठमाडौं ।।

सांसदहरूले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद – बिक्रीबारे विभिन्न प्रश्न गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उपस्थित सरोकारवाला निकायका अधिकारीलाई उनीहरूले प्रश्न गरेका हुन् ।सांसदहरूले सो विषयमा आफ्ना धारणा र विगतका अनुभव एवं कार्यका विषयमा पनि जानकारी गराए ।

विभिन्न विषयमा बनाइने छानबिन समितिप्रति नै कतिपय सांसदले प्रश्न गरेका छन् । समितिमा चलखेल हुन थालेको सांसदको आरोप छ । एउटै विषयमा धेरै संसदीय समितिमा छलफल र कारबाही अघि बढाइएको विषयमा समेत सांसदहरूले असन्तुष्टि जनाए ।बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार (कानुन) टोपबहादुर विष्टलगायत अधिकारी उपस्थित थिए ।

सुमना श्रेष्ठ : प्रतिवेदन दिन पत्रकार सम्मेलन गर्नुपर्ने ठाउँमा किन सुटुक्क मन्त्रालयलाई मात्र दिएको ?

विद्या भट्टराई

समितिले काम गर्दै छ  भनेर पन्छिन सरकारलाई सजिलो भएको छ । नियामक हुँदै किन समिति आवश्यक पर्‍यो । यो ठूलो विषय हुँदा अन्य समितिको पनि ध्यानाकर्षण भएको होला । जे कुरा भयो ऐनले बिगार्‍यो भन्छौँ, त्यही छिद्र समातेर काम गर्छौँ सुरुमा । यस्तो कैलेसम्म  ?

प्रभु हजारा
समितिमा पनि चलखेल हुन थाल्यो । श्रीमान् -श्रीमतीको नाममा सेयर छ, अडिट रिपोर्टहरूमा पनि ऋण लिएको देखिएको छ । संसदीय छानबिनबिना अर्थ छैन । अरूअरू थुप्रै विषय आउँछ, हराएर जान्छ । सुनकण्ड, लालितनिवास छ । संसदीय समिति बनाउन आवश्यक ।

चन्द्र भण्डारी
हामीलाई जति बेला पनि किन्न सक्छौँ, आफ्नो कोल्टामा पार्न सक्छौँ भन्ने भयो । हाम्रो राजनीति, यो राष्ट्रनीति भएन । एनसेल आएदेखि नै हामी बारम्बार यसमा छौँ । पहिले नै जोड दिएको छ, यो अवस्थामा पुग्ने थिएनौँ । सैद्धान्तिक रूपमा स्पष्ट नभएसँग हामी कुनै पनि कुरा पार ल्याउन सक्दैनौँ । कतै न कतै उनीहरू र नेपालका जिम्मेवार व्यक्ति नमिले यो सम्भव हुँदैन । यसलाई रोक्नुपर्छ । यस्तो कुरा भोलिको दिनमा दोहोरिन भएन ।

पहिला म अर्थ समितिमा हुँदा करको कुरा आउँदा यति पैसा बाँड्न खोज्यो, क्षेत्राधिकारभित्र नपर्ने समितिले निर्यण गर्‍यो, समितिले पैसा खायो – धन्न अन्तर्राष्ट्रिय अदालतबाट निर्णय भयो । यस्ता नकाचराहरू को देश छ । अधिकार नभएका समितिमा यसको छलफल भइरहेको छ । त्यहाँ पनि खोट छ । बिगार्नेहरू देशभित्रै छन् । यसै समिति मातहत ठोस निर्यण हुनुपर्ने माग गर्छु ।

छविलाल विश्वकर्मा
अन्तर्समिति समन्वय आवश्यक देखियो । आर्थिक, वैदेशिक लगानी जोडिएकाले लेखा, अर्थ समितिमा पनि क्षलफल होला । तर, उठाउनुपर्ने यो समितिले हुनुपर्छ । यो तरिका ठिक भएन । हाम्रो अभ्यासमा पनि अपरिपक्वता देखियो ।

सबै जनतासँग जोडिएको विषयमा यो समिति चुप लागेको सुहाएन । अहिले समितिले अध्ययन गरिरहेको छ भनिएको छ । त्योभन्दा पहिले सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने ।

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।