July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मेडिसिटी अस्पतालका कर्मचारी पक्राउ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १४:३२
मेडिसिटी अस्पतालका कर्मचारी पक्राउ

काठमाडौं ।।

  • मेडिसिटी अस्पतालमा
  •  बिलिङ सेक्सनमा कार्यरत
  • तीनजना कर्मचारी
  • २ करोड ६३ लाख ठगी
  • तीनै जनालाई प्रहरीले सार्वजनिक गर्यो 

मेडिसिटी अस्पतालको सफ्टवेयर प्रयोग गरी ठगी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले बुधवार ठगी कार्यमा संलग्न सोही अस्पतालका तीनजना कर्मचारीलाई सार्वजनिक गरेको हो ।

उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामक एचएमआईएस सफ्टवेयर दुरुपयोग गरी दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेका अभियुक्तहरू दोलखा भिमेश्वर नगरपालिका ४ का राघव सापकोटा, गोदावरी नगरपालिका ११ का २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका ४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल हुन् । उनीहरू मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा कार्यरत थिए ।

उनीहरूले अस्पतालको सफ्टवेयर प्रयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टरको चार्ज र निर्सङ चार्जसमेतको वास्तविक शुल्क लिइ सफ्टवेयरमा भने कम इन्ट्री गराई ठगी गर्दै आएको खुलेको छ । यसबारे अस्पतालले गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्यादथप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्