sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सडक पहुँचबाट आधा गाउँपालिकानै टाढा

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:0३
सडक पहुँचबाट आधा गाउँपालिकानै टाढा

कालीकोट, वैशाख ४ गते । कर्णाली नदीको वारिपारि पचालझरना गाउँपालिका फैलिएको छ। पक्की पुल नहुँदा पचालझरना गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन।

पचालझरना गाउँपालिका–१ देखि ५ वडासम्म यातायातका साधन सञ्चालनका लागि जोखिमपूर्ण रूपमा कर्णाली नदीबाटै गाडी तार्ने गरिएको छ।
स्थानीय दत्तप्रसाद न्यौपानेले कर्णालीमा पुल नभएका कारणले गाउँका सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो।

उहाँका अनुसार स्थानीय सरकारले गाउँमा सडक खनेका छन् तर सडकमा चल्ने यातायातका साधन नभएका कारणले सडक पनि जीर्ण हुँदै गएको छ। कर्णालीमा पुल निमार्णका लागि ठेक्का भएर काम सुरु भएको एक वर्ष बितेको छ। गाउँपालिका अध्यक्ष देवजङ्ग शाहीले पुल निर्माणको काम सुस्त भएकाले जोखिमपूर्ण रूपमा सामान ढुवानी भइरहेको बताउनुभयो।

हिउँदको समयमा भएकाले कर्णाली नदीमा गाडी तार्न सहज छ तर बर्सातका बेला त त्यो सम्भव छैन। वर्षाको समयमा वडा नं १ देखि ५ सम्मका नागरिक सडक सञ्जालबाट पूर्ण वञ्चित हुने गरेको बताइन्छ।

पचालझरना गाउँपालिका कर्णाली नदीले दुई भागमा विभाजन गरेको छ। वडा नं. १ देखि ५ सम्म कर्णाली कोरिडोरको पहुँचभन्दा बाहिर छ। वडा नं. ६, ७, ८ र ९ वडा भने कोरिडोरसँग जोडिएका छन्। वडा नं. ६ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रभुजन सज्यालले भौगोलिक रूपमा निकै कठिन भएकाले सबै वडामा सडक निर्माण भए पनि यातायातका साधन चल्न भने कठिन भएको बताउनुभयो।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid