April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

सडक पहुँचबाट आधा गाउँपालिकानै टाढा

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:0३
सडक पहुँचबाट आधा गाउँपालिकानै टाढा

कालीकोट, वैशाख ४ गते । कर्णाली नदीको वारिपारि पचालझरना गाउँपालिका फैलिएको छ। पक्की पुल नहुँदा पचालझरना गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन।

पचालझरना गाउँपालिका–१ देखि ५ वडासम्म यातायातका साधन सञ्चालनका लागि जोखिमपूर्ण रूपमा कर्णाली नदीबाटै गाडी तार्ने गरिएको छ।
स्थानीय दत्तप्रसाद न्यौपानेले कर्णालीमा पुल नभएका कारणले गाउँका सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो।

उहाँका अनुसार स्थानीय सरकारले गाउँमा सडक खनेका छन् तर सडकमा चल्ने यातायातका साधन नभएका कारणले सडक पनि जीर्ण हुँदै गएको छ। कर्णालीमा पुल निमार्णका लागि ठेक्का भएर काम सुरु भएको एक वर्ष बितेको छ। गाउँपालिका अध्यक्ष देवजङ्ग शाहीले पुल निर्माणको काम सुस्त भएकाले जोखिमपूर्ण रूपमा सामान ढुवानी भइरहेको बताउनुभयो।

हिउँदको समयमा भएकाले कर्णाली नदीमा गाडी तार्न सहज छ तर बर्सातका बेला त त्यो सम्भव छैन। वर्षाको समयमा वडा नं १ देखि ५ सम्मका नागरिक सडक सञ्जालबाट पूर्ण वञ्चित हुने गरेको बताइन्छ।

पचालझरना गाउँपालिका कर्णाली नदीले दुई भागमा विभाजन गरेको छ। वडा नं. १ देखि ५ सम्म कर्णाली कोरिडोरको पहुँचभन्दा बाहिर छ। वडा नं. ६, ७, ८ र ९ वडा भने कोरिडोरसँग जोडिएका छन्। वडा नं. ६ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रभुजन सज्यालले भौगोलिक रूपमा निकै कठिन भएकाले सबै वडामा सडक निर्माण भए पनि यातायातका साधन चल्न भने कठिन भएको बताउनुभयो।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।