काठमाडौंः राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले संघ सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार नै दिन नमानेको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद् भट्टराईले स्थानीय तह र प्रदेश भनेका संघका प्रशासनिक इकाइ हुन् भन्ने सोच हावी रहेको बताएका हुन् ।
भट्टराईले भने,‘स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न पाएनन् । केन्द्रीय तहमा केन्द्रिकृत मानसिकता छ । अधिकांश वडामा वडासचिव छैनन् । अधिकांश स्थानीय तह निमित्तको भरमा चलेको छ । पाँच वर्ष भइसक्यो अहिलेसम्म प्रदेशको एकल अधिकारका रुपमा रहेको प्रहरी समायोजन हुन सकेको छैन ।’
सरकारको नियतमै खोट देखिएको बताए । संघ,प्रदेश र स्थानीय तहबीच अहिले पनि वित्तिय हस्तान्तरण,प्राकृतिक स्रोतको बाँडफाँटमा पनि समस्या देखिएको उनको भनाइ छ।