March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण

यी दुई दिन, धोका, खिचातानी र खरिदको खेल

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ 0८:२८
यी दुई दिन, धोका, खिचातानी र खरिदको खेल

काठमाडौं। सत्ताको मुख्य केन्द्रविन्दुमा प्रभाव जमाउँदै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मालाई गठबन्धन टिकाउनका लागि जम्मा दुई दिनको अल्टिमेटम दिएपछि यी दुई दिनभित्र दृश्य अदृश्य खेलहरु फेरि चल्ने भएका छन्।

यसै पनि मुलुकको शासन अस्थिरताबाट गुज्रँदै आएको अवस्थामा रवि लामिछाने प्रकरणले फेरि नयाँ हलचल ल्याइदिएको छ। यी दुई दिनमा मुख्यतया दुईवटा खेलहरु शुरु भएका छन्।

प्रधानमन्त्री दाहालले सत्ता टिकाउन कांग्रेसको साथ खोज्ने र दाहालले अति गरेकाले एमालेले कांग्रेसलाई नै सत्ता सुम्पने। यी मुख्य विषयका वरिपरि अरु साना खेलहरु पनि छन् जसमा एउटाले हार र अर्कोले जीतको अनुभूति गर्दछन्।

आफू प्रधानमन्त्री बन्दाताकाका प्रतिबद्धताहरुबाट प्रधानमन्त्री दाहाल पछि हट्न खोज्दाको परिणाम अहिले उनको सत्तामाथि संकट आएको छ। र, यही संकटलाई हुर्काउने र सकेसम्म आफ्नो पक्षमा पार्ने गरी भारतीय र चिनियाँ जासुसी संयन्त्रहरु पनि राजधानीमा परिचालित छन्।

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ 0८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।