May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन, उ विचरा भएको छ : ओली

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:१४
देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन, उ विचरा भएको छ : ओली
  • नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुग्यो 
  • उ विचरा भएको छ
  • अहिले मानिसहरुले कांग्रेस कहाँ छ भनेर प्रश्न गर्न थालेका छन्
  • कांग्रेसका नेताहरुसमेत नबोलेको देख्दा आफूलाई उदेक लाग्यो 

विराटनगर ।।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । एमाले कोसी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग लिन आएका ओलीले विराटनगर विमानस्थलमा कांग्रेसबारे यस्तो टिप्पणी गरेका हुन् । “कांग्रेसको हविगत बोल्नै नसक्ने अवस्थामा पुगेको छ । उ विचरा भएको छ । अहिले मानिसहरुले कांग्रेस कहाँ छ भनेर प्रश्न गर्न थालेका छन्,” ओलीले भने, “देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन ।” देशका समसामयिक समस्याबारे कांग्रेसका नेताहरुसमेत नबोलेको देख्दा आफूलाई उदेक लागेको ओलीले सुनाए ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला समयमा भएका भ्रमणहरु अर्थहीन भएको भन्दै मानसरोवरको यात्रा पाप पखाल्नका लागि गरिएको आरोप लगाए । उनले भने, “मानसरोवरसम्मको धार्मिक यात्रा पाप पखाल्नको लागि मात्र भएको हो । कसले कति र कत्रो पाप गरेको छ, घरमा पूजा पनि सोहीअनुरुप लगाए जस्तै हो प्रधानमन्त्रीको भ्रमण ।

” प्रधानमन्त्रीले भारत र चीन भ्रमण गरे पनि त्यसको कुनै सार्थक र ठोस परिणाम नआएको ओलीले बताए । अहिले देशभर साम्प्रदायिक र धार्मिक द्वेष फैलाउने कुचेष्ठा भइरहेको भन्दै ओलीले यो कसैका लागि पनि हितकर नहुने सुनाए । “कसैले उकास्दैमा त्यसको पछि लाग्नु हुँदैन,” उनले भने । कोसी प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । मध्यावधि निर्वाचन भए एमालेले थप सिट बढाउने दाबी गर्दै उनले भने, “आज ४० सिट छ । मध्यावधि भयो भने थप १५ सिट बढ्छ ।”

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।