May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १९:५३
शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो २१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर आठ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ ।

आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ । आज ४३ लाख ३१ हजार कित्ता शेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर नौ करोड १६ लाख रुपैयाँमा किनबेच भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १९:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।