sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

खैनी–चुरोट–गुट्खा खोज्न छ टोली परिचालन

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:४५
खैनी–चुरोट–गुट्खा खोज्न छ टोली परिचालन

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनसँगै बिक्रीवितरणमा समेत निषेध गरेको हो ।

महानगरले सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नगर्न आग्रह गर्दै आएको छ । निर्णय उल्लंघन गरेर बिक्रीतिवरण गर्ने गरेको पाइएपछि महानगरको टोलीले सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ । निर्णय कार्यान्वयनका लागि महानगर कडाइ रुपमा प्रस्तुत भएको छ ।

सोमबार महानगरले ६ वटा शाखा र महाशाखा प्रमुखको नेतृत्वमा टोली परिचालन गरेर अनुगमन गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा वडा नम्बर १, २, ३ र १९, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको नेतृत्वमा वडा नम्बर ४, ५ र ६ र राजस्व महाशाखा प्रमुख सरोजकुमार गौतमको नेतृत्वको टोलीले ७, ८ र ९ नम्बर वडास्थित सार्वजनिकस्थलको अनुगमन गरेको छ । त्यसैगरी सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको नेतृत्वमा १०, १४ र १८, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको नेतृत्वमा १३, १५ र १७ तथा महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वको टोलीले ११, १२ र १६ नम्बर वडाको अनुगमन गरेको थियो ।

निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न टोली नै परिचालन गरेर अनुगमन गरिएको मेयर नागेश कोइरालाले बताए । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्रै नभएर विराटनगरको सरसफाईमा समेत असर परेको मेयर कोइरालाको भनाइ छ । “चुरोट, गुट्खा, खैनीलगायत सुर्तीजन्य पदार्थको सेवनले एकातिर मानव स्वास्थ्यमा असर गरिरहेको हुन्छ,” उनले भने, “त्यसको खोलका महानगरको सुन्दरतामा समेत ह्रास आएको थियो ।” विराटनगरवासीकै हितमा महानगरले निर्णय गरेकाले कार्यान्वयन गर्न मेयर कोइरालाले आग्रह गरे ।

विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरदेखि एक सय मिटर वरपर भने सुर्तीजन्य ऐनले नै सेवन र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र खुल्ला रुपमा बिक्रीवितरण र सेवन गर्न नपाउने नगरसभाको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगर लागिपरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । सरसफाईमा समेत सुर्तीजन्य पदार्थको खोल चुनौतीका रुपमा रहेको थियो,” कोइरालाले भने, “नाला सफा गर्ने क्रममा ७० प्रतिशत त सुर्तीजन्य पदार्थको खोल मात्रै भेटिने गरेको छ ।” टोलीले अनुगमनका क्रममा पसल अगाडि झुण्ड्याएका सुर्तीजन्य पदार्थ जफत गर्नुका साथै अबदेखि खुल्ला रुपमा बिक्रीवितरण नगर्न पसल सञ्चालकहरूलाई आग्रह गरेको थियो ।

यसैबीच, महानगरले यसअघि निर्णय गरेको शनिमन्दिरदेखि अस्पतालचोकसम्मको सडकलाई मंगलबारदेखि पार्किङ निषेध गर्ने भएको छ । त्यसका लागि पार्किङस्थललाई व्यवस्थित गर्ने कार्य भइसकेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid