June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने ‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’ २९ जना जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

खैनी–चुरोट–गुट्खा खोज्न छ टोली परिचालन

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:४५
खैनी–चुरोट–गुट्खा खोज्न छ टोली परिचालन

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनसँगै बिक्रीवितरणमा समेत निषेध गरेको हो ।

महानगरले सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नगर्न आग्रह गर्दै आएको छ । निर्णय उल्लंघन गरेर बिक्रीतिवरण गर्ने गरेको पाइएपछि महानगरको टोलीले सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ । निर्णय कार्यान्वयनका लागि महानगर कडाइ रुपमा प्रस्तुत भएको छ ।

सोमबार महानगरले ६ वटा शाखा र महाशाखा प्रमुखको नेतृत्वमा टोली परिचालन गरेर अनुगमन गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा वडा नम्बर १, २, ३ र १९, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको नेतृत्वमा वडा नम्बर ४, ५ र ६ र राजस्व महाशाखा प्रमुख सरोजकुमार गौतमको नेतृत्वको टोलीले ७, ८ र ९ नम्बर वडास्थित सार्वजनिकस्थलको अनुगमन गरेको छ । त्यसैगरी सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको नेतृत्वमा १०, १४ र १८, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको नेतृत्वमा १३, १५ र १७ तथा महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वको टोलीले ११, १२ र १६ नम्बर वडाको अनुगमन गरेको थियो ।

निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न टोली नै परिचालन गरेर अनुगमन गरिएको मेयर नागेश कोइरालाले बताए । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्रै नभएर विराटनगरको सरसफाईमा समेत असर परेको मेयर कोइरालाको भनाइ छ । “चुरोट, गुट्खा, खैनीलगायत सुर्तीजन्य पदार्थको सेवनले एकातिर मानव स्वास्थ्यमा असर गरिरहेको हुन्छ,” उनले भने, “त्यसको खोलका महानगरको सुन्दरतामा समेत ह्रास आएको थियो ।” विराटनगरवासीकै हितमा महानगरले निर्णय गरेकाले कार्यान्वयन गर्न मेयर कोइरालाले आग्रह गरे ।

विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरदेखि एक सय मिटर वरपर भने सुर्तीजन्य ऐनले नै सेवन र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र खुल्ला रुपमा बिक्रीवितरण र सेवन गर्न नपाउने नगरसभाको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगर लागिपरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । सरसफाईमा समेत सुर्तीजन्य पदार्थको खोल चुनौतीका रुपमा रहेको थियो,” कोइरालाले भने, “नाला सफा गर्ने क्रममा ७० प्रतिशत त सुर्तीजन्य पदार्थको खोल मात्रै भेटिने गरेको छ ।” टोलीले अनुगमनका क्रममा पसल अगाडि झुण्ड्याएका सुर्तीजन्य पदार्थ जफत गर्नुका साथै अबदेखि खुल्ला रुपमा बिक्रीवितरण नगर्न पसल सञ्चालकहरूलाई आग्रह गरेको थियो ।

यसैबीच, महानगरले यसअघि निर्णय गरेको शनिमन्दिरदेखि अस्पतालचोकसम्मको सडकलाई मंगलबारदेखि पार्किङ निषेध गर्ने भएको छ । त्यसका लागि पार्किङस्थललाई व्यवस्थित गर्ने कार्य भइसकेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।