July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं अष्ट्रेलिया सिधा हवाई उडान जोड्ने तयारी

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १४:५६
काठमाडौं अष्ट्रेलिया सिधा हवाई उडान जोड्ने तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको छ ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले सिड्नी विमानस्थलमा स्लट (उडान-अवतरण गर्ने समय) प्राप्त गरेको छ । अब बाँकी प्रक्रियाका लागि काम भइरहेको छ ।


निगमले २१ जुन (६ असार) मा पहिलो उडान गर्ने गरी प्रस्ताव गरेको समेत उनले जानकारी दिए । नेपाल र अष्ट्रेलियाबीच चार वर्ष अगाडि नै हवाई सेवा सम्झौता भइसकेको थियो । तर, व्यावसायिक उडान भने हुन सकेको थिएन । निगमले कोभिड-१९ को समयमा यहाँ चार्टर्ड उडान भने गरिसकेको छ ।

निगमले अहिले जापान र साउदी अरबमा तुलनात्मक रुपमा लामो दुरीको उडान गरिरहेको छ । अष्ट्रेलिया उडानले ठूलो संख्यामा रहेका नेपालीसँगै यी दुई मुलुकबीच आवत-जावत गर्ने पर्यटकलाई समेत सुविधा पुग्ने छ । अन्तर्राष्ट्रिय उडानमा रहेका चार जहाजमध्ये यहाँ निगमले वाइडबडी ए-३३० जहाज उडाउने तयारी गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्