sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘विधिको शासन ?’ बारे तोसिमाको प्रस्टीकरण

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १0:२२
‘विधिको शासन ?’ बारे तोसिमाको प्रस्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने बताएकी छन् । कार्की पार्टीमा असन्तुष्ट रहेको समाचारहरू प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे स्पष्टीकरण दिएकी हुन् ।

केही दिनअघि पार्टीले विधानमा रहेको व्यवस्था विपरीत पदाधिकारीहरूको चयन गरेको थियो । लगत्तै कार्कीले ‘विधिको शासन रु’ भन्दै आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । धेरैले उनको यो स्ट्याटस पार्टीको निर्णयप्रति लक्षित रहेको अनुमान गरेका थिए ।

तर, कार्कीले यसबारे प्रस्टीकरण दिँदै उक्त प्रश्न ‘सरकार, मन्त्री र न्यायालयप्रति लक्षित रहेको स्पष्ट पारेकी हुन् । ‘विधिको शासन रु ए ए, सबैले आ-आफ्नै व्याख्या प्रतिव्याख्या गर्नुभएछ ! विधिको शासन देशमै छैन हजुर ! सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हर्कतमा छैन । न्यायालयमै छैन !! निराश नहुनुस्,सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ,’ उनको भनाई छ ।

उनले लेखेकी छन्, ‘के रे के रे रु फुट्ने रे रु कल्पना पनि नगर्नुस्, हुँदैन, हामी त्यसो हुनै दिँदैनन् । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !! चौरासी त हुन्छ हुन्छ ! हुनैपर्छ । जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठुलो छाती ठुलो मुटु लिएर हिँड्या छौँ । त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न !! घण्टी त बज्छ बज्छ । चौरासीमै बज्छ । बरु आउनुस् तपाईंहरू पनि यो महाअभियानमा नछुट्नुस् ।’

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid