April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

युरिया र डीएपी मल अपुग

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:५८
युरिया र डीएपी मल अपुग

नेपालगञ्ज । बाँकेमा किसानलाई अति आवश्यक पर्नेभन्दा तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डीएपी मल कम मौज्दात रहेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले जिल्लामा धान बालीका लागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म ५२८ मेट्रिक टन
मात्र मौज्दात रहेको छ भने एक हजार पाँच सय मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा १२५ मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ ।
खेतीका बेला हरेक वर्ष मलको अभाव हुने बाँकेमा यस पटक पनि सोही अवस्था दोहोरिने प्रमुख पौडेलले बताउनुभयो ।

उहाँका अनुसार वार्षिक छ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने आकलन गरिए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६४४ मेट्रिक टन मल मात्रै बिक्री गरिएको छ ।

यसैगरी ७६९ मेट्रिक टन डीएपी र ९८ दशमलव दुई सय मेट्रिक टन पोटास बिक्री भएको प्रमुख पौडेलको भनाइ छ । युरियाको वार्षिक अनुमानित मागअनुसार अझै तीन हजार आठ सय मेट्रिक टन युरिया आउन बाँकी रहेको छ ।

थप मल कहिले आइपुग्छ भनेर यकिन भन्न नसकिने भए पनि धान लगाउने सिजनअघि मल ल्याउने प्रयास भइरहेको प्रमुख पौडेलले बताउनुभयो ।

तर, जिल्लाका किसानको ३० प्रतिशत माग भने पूर्ति गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । “अपुग मागका लागि किसान सीमापारिको भारतीय बजारमा निर्भर रहने गरेका छन् । सीमामा कडाइ नगरिए यहाँ मलको धेरै अभाव हुने छैन,” पौडेलले भन्नुभयो । कम्पनीको नेपालगञ्जस्थित कार्यालयका प्रमुख पौडेलले अहिले पनि कम्पनीको बुटवलस्थित गोदाममा मल थन्किएर रहे पनि ढुवानी समयमा नभइरहेको जानकारी पाएको बताउनुहुन्छ । उहाँले यस वर्ष मलको अभाव हुन नदिने प्रयास निरन्तर भइरहेको बताउनुभयो ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।