sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

उपेन्द्र यादवले उतारेको शक्ति

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:0८
उपेन्द्र यादवले उतारेको शक्ति

महागढीमाई (बारा) । चर्को गर्मीको पसिनाले भिज्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, बारा–२ का मतदातासम्म पुगिरहेका छन् । आफ्नो परिचय दिएरै मत मागिरहेका यादव गर्मीमा पनि ऊर्जा आइरहेको बताउँछन् । ‘मेरा लागि चुनाव जनताले लडिरहेका छन् । जनताको यो लगाव देखेर मलाई पनि ऊर्जा आइरहेछ’, यादव भन्छन् ।

तर उनको दौडधुप र नेताहरुको बाक्लो उपस्थितिले भने यादवले भनेजस्तो १० वैशाखको उपनिर्वाचन जनताले लडिरहेका छैनन् । बरु यादवलाई जिताउन नेताहरुले राजनीतिक प्रतिष्ठाकै विषय बनाएका छन् । सोमबार महागढीमाई नगरपालिकाको बबुआइन गाउँमा उम्मेदवार यादवसँग जसपाका नेताहरु मात्रै सहभागी थिएनन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादव सहित कांग्रेस नेताहरु अजय चौरसिया, उमाकान्त चौधरी, राजेश राय यादव, लगायतले मत मागिरहेका थिए । चौरसिया प्रदेशसभा सदस्य र यादव कांग्रेस बारा जिल्ला सभापति हुन् ।

उपेन्द्र यादवलाई साथ दिने पाँचदलीय गठबन्धनमध्ये कांग्रेस ठूलो शक्ति हो । गत मंसिरकै चुनावमा पनि जसपा पहिलो शक्ति बन्दा कांग्रेस दोस्रो शक्ति हो । अहिले यादवलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले साथ दिएका छन् । जसपाका एक स्थानीय नेताका अनुसार, सकेसम्म धेरै मत ट्रान्सफर गराउनुपर्ने भएकाले कांग्रेस नेताहरुलाई बढी चासो दिइएको हो । मंगलबारकै दृष्यले पनि यादवको प्राथमिकता कांग्रेस नेता तथा कार्यकर्ता रिझाउनमा देखिन्छ ।

चुनावी प्रचारका क्रममा मंगलबार यादवले खाजा समेत कांग्रेसकै नेताहरुसँग खाइरहेका थिए । जसपाका कार्यकर्ताले अलग्गै बसेर दही, चिउरा र तरकारी खाइरहँदा यादवले भने कांग्रेस कार्यकर्तासँग बसेर रोटी तरकारी खाए । ‘कांग्रेस कार्यकर्ताहरु चुनावमा त हिँड्छन्, तर भोट दिँदैनन्’, कांग्रेस प्रवृत्तिबारे जसपाका एक स्थानीय नेताले भने ।

गत मंसिरको चुनावमा कांग्रेससहित पाँच दलीय गठबन्धनबाटै माओवादी केन्द्रका शिवचन्द्र कुशवाह यही क्षेत्रबाट पराजित भएकाले पनि उनको त्यस्तो आशंका रहेको बुझ्न सकिन्छ । त्यसबेला नेकपा एमालेसँग तालमेल गरेका जसपाका रामसहायप्रसाद यादवले झिनो अन्तरले जितेका थिए । रामसहायलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष यादव उपनिर्वाचनको उम्मेदवार छन् ।

यो उपनिर्वाचनमा उपेन्द्रसँग एमालेको साटो पाँचदलीय गठबन्धन छ । गठबन्धन बदलेका यादव भन्छन्, ‘कांग्रेस र सबै गठबन्धन दलका साथीहरु एकसाथ छौं । एक साथ रहन्छौं । अन्तर्घात कसका लागि गर्ने ?’ अर्थात् सार्वजनिक अभिव्यक्ति मार्फत् यादव गठबन्धनको मत बढाउनमै केन्द्रित छन् । मत माग्ने क्रममा उपेन्द्रले आफ्नो प्रतिस्पर्धी समेत नदेखेको बताउने गरेका छन् । जबकी मत माग्ने नेताहरुको परिचालन संख्या हेर्दा चाहिँ ठीक उल्टो मनोविज्ञानमा उनी रहेको अनुमान लगाउन सकिन्छ ।

यादवले अहिले आफ्नो पूरा पार्टी शक्ति बारा–२ मा परिचालित गरेका छन् । मधेश प्रदेशको नेतृत्व गरिरहेका जसपाका मुख्यमन्त्रीदेखि सबै मन्त्री चुनावी अभियानमा यही क्षेत्रमा खटिएका छन् । उपेन्द्र सँगसँगै छन्, मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव । सामाजिक विकास मन्त्री सुरिता साह समेत चुनावी अभियानमै छिन् । सरकारी झण्डावाल गाडी होटलमा राखेर प्रदेश सरकारका मन्त्रीहरु निजी गाडीमा दिनभर मत मागिरहेका छन् ।

पूर्व मुख्यमन्त्री लालबाबु पनि चुनावी मैदानमै छन् । सांसदहरु लगभग सबै परिचालित छन् । चुनावी अभियानमै जसपाका उपाध्यक्ष रेणु यादव यो क्षेत्र पुगेकी छन् । प्रदेश सांसद ललित विद्रोही मैदानमै छिन् । बारा–२ (ख) बाट स्वतन्त्र उठेर प्रदेशसभा सदस्य जितेका शारदा शंकर कलवार फेरि जसपा प्रवेश गरी उपेन्द्रलाई मत मागिरहेका छन् ।

बारा–३ मा पर्ने सदरमुकाम कलैयालाई मुकाम बनाएर हरेक दिन जसपाका नेताहरु उपनिर्वाचनमा परिचालित छन् । गठबन्धनका अरु दलका नेता तथा कार्यकर्ता समेत यस क्षेत्रमा आएका छन् ।

गत २३ चैतमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्रलाई सार्वजनिक मञ्चबाट मत मागे । आगामी ७ वैशाखमा उपेन्द्रको पक्षमा माहोल बनाउन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरु महागढीमाई आउने कार्यक्रम तय भएको छ ।

२०६४ को मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्रलाई उपनिर्वाचन जित्न यो तहको शक्ति प्रदर्शन गर्नुपर्ने दबाव भने जनमत पार्टीले सिर्जना गरेको हो । स्थानीयको बुझाइमा पनि जनमत पार्टीका अध्यक्ष सीके राउत र त्यो दलका उम्मेदवार शिवचन्द्र कुशवाह नै उपेन्द्रका निम्ति चुनौती बनेका छन् ।

‘मलाई हराउन लाग्नु (सिके राउतलाई) जागिर भएको छ । कसले उहाँलाई जागिर दिएको छ’, उपेन्द्रले कार्यकर्तासँग भन्ने गरेका छन् । गत मंसिरको चुनावमा सप्तरी–२ मा आफूलाई हराउने जनमत पार्टीका अध्यक्ष राउत यहाँ पूरा शक्ति लगाएर खटिएकाले उपेन्द्रले यस्तो अभिव्यक्ति दिने गरेका हुन् ।

योपनी हेर्नुस् :

उपेन्द्रसँग वर्चश्वको ‘चुनाव’ लडिरहेका सीके राउत

प्रचार सामग्रीले पनि उपेन्द्रसँग प्रतिस्पर्धा जनमत पार्टीका उम्मेदवार कुशवाहकै हुँदैछ । सडकमा टाँसिएका पर्चा पम्पलेटहरुमा एउटा बुझिने प्रवृत्ति छ, जहाँ जनमतको चुनाव चिह्नको पर्चा, फ्लेक्स, झण्डा टाँगिएको छ, त्यहीँ जसपाले पनि राखेको छ । जहाँ उपेन्द्र यादवको तस्विर अंकित ठूलो पोष्टर वा फ्लेक्स टाँगिएको छ, त्यहीँ सिके राउतलाई पनि देख्न सकिन्छ । मानौं प्रतिस्पर्धा उपेन्द्र भर्सेस सिके राउतबीच भइरहेको छ ।

चुनाव जित्नेमा उपेन्द्र विश्वस्त छन् । ‘प्रतिस्पर्धी खोज्दै हिँड्दा पनि भेटिँदैन । जहाँ जनताले अपार माया देखाइरहेका छन् त्यहाँ केको प्रतिस्पर्धा,’ मंगलबार चुनावी अभियानका क्रममा पसिना पुछ्दै उपेन्द्रले भने, ‘सीके राउतले फर्जी कुरा गरिराख्या छन् । आफू नै उम्मेदवार हुँ भनेजसरी प्रचार गर्या छन्, जनतालाई ढाँट्या छन् ।’

जनसांख्यिक अवस्था

उपेन्द्रले आफूले जित्ने विश्वासको अर्को आधार भने यो क्षेत्रको जनसांख्यिक अवस्था हो । कूल १ लाख ५ हजार मतदाता रहेको यो क्षेत्रमा १७.७ प्रतिशत यादव छन् । यो भनेको मतदाताको ठूलो हिस्सा हो । यो हिस्सा र मुस्लिम समुदाय बाहेकका मतदातालाई ‘पचकुनिया’ भनेर अर्थ्याइन्छ । उपेन्द्रको चासो अहिले यिनै पचकुनियामा समेत गएको छ ।

यसबाहेक जनमत पार्टी र सिके राउतले यो क्षेत्रकै उम्मेद्वारलाई मत दिन आह्वान गरिरहेकाले त्यसको प्रतिवादमा उपेन्द्र उत्रिएको देखिन्छ । ‘बहरिया भनेको कहाँ को ?,’ यादव उल्टै प्रश्न गर्छन्, ‘आफ्नै देशको नागरिक आफ्नै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिकले लिएर आएको भाडाको उम्मेदवार बाहिरिया हुन्छ ?’

बाहिरिया र भित्रियाको यो बहसबीच रोचक कुरा के छ भने उपेन्द्र यादव भोजपुरी भाषा बोल्न पोख्त छैनन् । मैथिली भाषा बहुल क्षेत्रबाट चुनाव जित्दै आएका यादवले अहिले चुनाव लडिरहेको बारा २ भोजपुरी भाषा बोलिने क्षेत्र हो । घरदैलो अभियानका क्रममा यादव भोजपुरीमा नभई हिन्दी भाषा बोल्छन् ।

भाषाले चुनावी प्रचारप्रसारमा असर गरेको छैन भन्छन् यादव । ‘भनिन्छ नि, लभ र वारमा भाषाले रोक्दैन । बोल्नै नजाने पनि, भाषै नबुझे पनि प्रेम त हुन्छ,’ यादवको तर्क छ ।

उपेन्द्र यादवले उतारेको यो शक्ति र सिके राउतको उदयबिच मतदाताहरु कसलाई छान्ने भनेर सोचविचार गरिरहेका छन् । विकास, रोजगार, शिक्षा, स्वास्थ्य उनीहरुको माग छ । महागढीमाई नगरपालिका–४ का शिवा पासवान भन्छन्, ‘छाता र हरनको कडा प्रतिस्पर्धा छ । जसले रोजगार दिन्छ, उसैलाई मत दिन्छु ।’

महागढीमाई ८ जोलगवाको घरदैलोमा पुगेका उपेन्द्र यादवलाई त स्थानीय वकिल प्रसाद यादवले भने, ‘तपाईं आएको रोड देख्नु भएकै छ त्यो सुधार गर्दिनुहोस्, स्कुलमा कम्पाउण्ड लगाइदिनुहोस् ।’

बारा २ बाट उपनिर्वाचन लडिरहेका उपेन्द्र यादवसँग अनलाइखबरले गरेको संक्षिप्त कुराकानी :

कस्तो छ चुनावी माहोल ?

जनतामा अत्यन्त उत्साह र उमंग छ । चाडपर्व आएजसरी जनताले चुनावलाई लिएका छन् । मैले अपार श्रद्धा सहानुभूति पनि पाइरहेको छु ।

गठबन्धनमा अघिल्लो पटकजस्तै यसपटक पनि भोट ट्रान्सफर हुँदैन भन्ने गुनासो सुनिन्छ नि ?

होइन, यो आशंका नगरे हुन्छ । कांग्रेस, सबै गठबन्धन दलका साथीहरु एकसाथ छौं, एकसाथ रहन्छौं । अन्तर्घात कसका लागि गर्ने ? कुनै सम्भावना र आवश्यक्ता पनि छैन ।

तपाईंलाई त यहाँ बाहिरिया उम्मेद्वार भन्ने रहेछ ?

बाहिरिया भनेको कहाँको ? त्यही देशको नागरिक त्यही देशभित्र बाहिरिया र भित्रिया कसरी भयो ? यो जिल्लाको त्यो जिल्लाको, यो जात, त्यो जातको, यो टोल, त्यो टोलको भनेर सिद्धान्त, वैचारिकता र नैतिकता नभएका मान्छेले मात्र भन्छन् ।

जनमतलाई मधेश सरकारमा सँगै राख्नु भएको छ । यहाँ भने प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?

हामी प्रतिशोधका, असहिष्णुताका, घृणा र विद्वेषका राजनीति गर्दैनौं भन्ने कुराको प्रमाण हो यो ।

जित्ने आधार के–के छ तपाईंको ?

सबै पार्टी हामीसँगै छौं । जनता एकजुट छन् र जनतामा जुन उत्साह, ऊर्जा छ । जित्ने आधार भनेको जनता नै हो ।

यहाँ कतिपय मतदाताले स्थानीय उम्मेदवारलाई नै भोट दिने भन्ने मनस्थिति बनाएको देखिन्छ । यस्तोमा तपाईंलाई गाह्रो हुँदैन ?

हुँदैन, किनभने हामी मधेशका मान्छे । मधेशमै चुनाव लडिरहेका छौं भने के गाह्रो हुन्छ ?

चुनावमा जातीय राजनीति गर्नुहुन्छ भनेर आरोप लागिरहन्छ नि ?

हामी जातीय राजनीति गर्दैनौं । हामी समाजवादी सबै जातजातीलाई लिएर अगाडि बढ्छौं । यहाँ हेर्नुस् यता यादव, उता थारु, उत्ता चौरसिया । सबै जातीलाई लिएर हामी हिँडिरहेका छौं । अब कुन जातीको राजनीति भन्ने यहाँ ? केही बिचारहीन सिद्धान्तहीन र नैतिकताहीन भएका राजनीतिक चरित्र नभएका व्यक्ति मधेशमा एउटा जातलाई अर्को जातसँग जातीय घृणा फैलाउने, एउटा जातलाई अर्को जात विरुद्ध उचाल्ने र जातीय अन्तरद्वन्द्वको विषलाई मधेशमा घोल्ने र मधेशी समुदायलाई पराधिन बनाइराख्ने कसैको साजिस हुन सक्छ ।

सत्तामा पुग्दा एजेण्डा बिर्सिनु हुन्छ भन्ने आरोप लाग्ने गरेको छ तपाईंमाथि के भन्नुहुन्छ ?

सत्तामा हुँदाखेरि नै मैले संविधान संशोधन गर्ने प्रस्ताव क्याबिनेटमा लगेको हुँ । जसमा संविधान संशोधन गरेर आवश्यक मुद्दालाई सम्बोधन गर्ने तिर लागेँ र अस्वीकृत हुनेबितिकै एक सेकेण्ड पनि सरकारमा नबसेर राजीनामा गरेका हौँ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid