April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

१२ जिल्ला अध्यक्ष हटाएपछि महिला संघमा विवाद चर्कियो

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १२:४२
१२ जिल्ला अध्यक्ष हटाएपछि महिला संघमा विवाद चर्कियो
  • भ्रातृ संस्था नेपाल महिला संघको विवाद चुलियो 
  • संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटापछि विवाद शुरु 
  • पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी

काठमाडौं ।।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको विवाद चुलिएको छ । महिला संघको अध्यक्ष उषा राउत मिश्रले जिल्ला अध्यक्षहरु मनोनित गरेपछि अर्को पक्षले विरोध गरेको छ । संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटापछि विवाद भएको हो ।

संस्थापनइतका २० केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी दिएका छन् । ३ दिन भित्र निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने र २० जना केन्द्रीय सदस्यले सामूहिक राजनीनामा दिने चेतावनी उनीहरुले दिएका छन् ।

संघको विधान विपरीत अध्यक्ष मिश्रले १२ जिल्लाका अध्यक्ष हटाएको प्रति संस्थापनइतरले विरोध गरेका छन् । स्पष्टीकरणको अवसर समेत नदिई जिल्ला अध्यक्ष तोकिनु लोकतान्त्रिक पद्धतिको उपहास भएको विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष मिश्रले सोलुखोम्बुमा छिल्हामु शेर्पा, बारमा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाई हटाएर नयाँ अध्यक्ष बनाएकी थिइन् ।

अध्यक्ष मिश्रले गरेको निर्णयको विरोधमा सभापति, उपसभापति महामन्त्री, सहमहामन्त्री र पदाधिकारीलाई ध्यानाकर्षण गराइएको विज्ञप्तिमा जनाइएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।