June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

मिटरब्याज पीडितको आक्रोश: मजदुर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद (तस्बिरसहित)

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:५८
मिटरब्याज पीडितको आक्रोश: मजदुर किसान विरोधी नालायक गृहमन्त्री मुर्दावाद (तस्बिरसहित)

काठमाडौँ । मिटरब्याज पीडितले सरकारले मजुदर किसानमाथि अमानवीय व्यवहार गरेको बताएका छन्।

मंगलबार मिटरब्याज पीडितले शान्तिवाटिकामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध राजीनामा माग गर्दै नाराबाजीसमेत गरेका थिए। साथै उनीहरूले ‘मजुदर किसान बिरोधी नालायक गृहमन्त्री मुर्दावाद’, ‘कम्युनिष्टको खोल ओढेको सामन्ती गृहमन्त्री’ लेखिएको पम्‍प्लेट पनि प्रदर्शन गरेका थिए।

मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन्।

सोमबार दिउँसो पीडितहरूले स्वघोषित कार्यक्रमअनुसार सिंहदरबार क्षेत्रमा निस्कने क्रममा शान्तिवाटिका गेटमै प्रहरीले हस्तक्षेप गरी उनीहरूमाथि लाठी र पानी फोहरा वर्षाएको थियो।

झडपमा परी दर्जनौँ मिटरब्याज पीडित घाइते भएका थिए।

झडपपश्चात् प्रहरीले शान्तिवाटिकाभित्र पसी ग्यास, चालम, पानीको जार, साउन्ड बक्सलगायतका सामग्री पनि लगेको उनीहरूले बताएका छन्।

सञ्चारकर्मी बर्षा शाहले खिचेका तस्बिरहरू:

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।