April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद

मिटरब्याज पीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे सडक संघर्षमा जाने राप्रपाको चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १४:0८
मिटरब्याज पीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे सडक संघर्षमा जाने राप्रपाको चेतावनी

काठमाडौँ  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरूको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि सोमबार निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्नासमेत गरे।

गरिब र निमुखा ती मानिसहरूमाथि किन आक्रमण गर्नु परेको भनी सरकारलाई अध्यक्ष लिङदेनले प्रश्नसमेत गरे।

उनले भने, ‘न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरूलाई सरकारले हिजो जुन निर्मम ढंगले आक्रमण गरेको छ। त्यसको म निन्दा र भत्सर्ना गर्न चाहन्छु। यतिबेला ती निमुखा मानिसहरूमाथि आक्रमण भएको छ। गरिबहरूको अथवा सर्वहारावर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौँ भनेर सपना बाँडेकाहरू सरकारमा छन्। तर गरिब र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भइरहेको छ? सरकारले मिटरब्याज पीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस्। अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु।’

अध्यक्ष लिङदनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।