July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कोशी सरकारका सय दिन : प्रदेशको नामकरण र मन्त्रालयको संख्या कटौती

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १५:२९
कोशी सरकारका सय दिन : प्रदेशको नामकरण र मन्त्रालयको संख्या कटौती

विराटनगर । कोशी प्रदेश सरकारको सय दिन पूरा भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक गरेका सय दिनका मुख्य उपलब्धिमध्ये एउटा मन्त्रालयको संख्या कटौती हो।

मुख्यमन्त्रीले १३ बाट घटाएर मन्त्रालयको संख्या ९ बनाएका थिए। मुख्य उपलब्धिमा मुख्यमन्त्री कार्कीले प्रदेशको नामांकनलाई पनि राखेका छन्। गत फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम कोशी राखिएको थियो।

मुख्यमन्त्री कार्कीले मंगलबार पत्रकार सम्मेलन गरेर सयदिने उपलब्धि सार्वजनिक गरेका हुन्।

सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरेको विषय पनि उपलब्धिमा परेको छ।

एक सय दिनमा प्रदेशसभाबाट दुईवटा विधेयक पारित भएको, चारवटा विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको र चारवटा नियमावली स्वीकृत भएको मुख्यमन्त्रीले उल्लेख गरेका छन्।

मुख्यमन्त्री कार्कीले चालू खर्चलाई २५ प्रतिशत कटौती गरेको बताएका छन्। प्रदेशमा किसानलाई ४०७ मेट्रिक टन प्राङ्गारिक मल उपलब्ध गराएको, व्यावसायिक रुपमा दूध उत्पादन गर्ने १६ हजार ९५ जना किसानलाई १ करोड १७ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको, ४६८ वटा बोयर जातका बाख्रा वितरण गरेको पनि सयदिने उपलब्धिमा समावेश छन्।

जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति आन्दोलनका क्रममा मृत्यु भएका प्रदेशका १ हजार ४५० जनाको परिवारलाई जनही १ लाखका दरले १४ करोड ५० लाख उपलब्ध गराएको मुख्यमन्त्री कार्कीले बताएका छन्।

८ लाख ३० हजार ६१० जनालाई कोरोनाको बुस्टर मात्रा लगाएको, ११६ किलोमिटर सडक कालोपत्रे भएको, ३ वटा झोलुङ्गे पुल निर्माण भएको, १५ वटा पुल निर्माण अन्तिम चरणमा रहेको मुख्यमन्त्रीले सय दिनका उपलब्धिमा उल्लेख गरेका छन्।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्