May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार दिने ज्ञानेन्द्र शाहीको घोषणा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १५:४८
प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संघ र प्रदेशमा गरी ८८४ जना सांसदलाई खेलाडीका लागि तीन–तीन हजारको दरले पारिश्रमिक दिन आग्रह गरेका छन् ।

उनले भने,‘आज म यसै संसदबाट घोषण गर्न चाहन्छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडिको नाममा जम्मा गरिदिने छु । सबै प्रदेश संघिय सांसदहरुलाई अनुरोध गर्दछु कि हामी  ८८४ जना छौ यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैयाँ प्रत्येक महिना खेलाडीले पाउँछन् र उनीहरुले देशको नाम संसार भर चिनाउन सहयोग पुग्छ ।’

उनले महालेखा परीक्षकले गरेको लेखापरिक्षणमा अघिल्लो वर्षभन्दा यो वर्ष २१ प्रतिशत बेरुजु बढेको र यो भ्रष्टाचार भएको उल्लेख गरे । २० खर्ब ८० अर्ब वैदेशिक ऋण रहेको बताउँदै वैदेशिक रोजगारीमा जान यो वर्ष ६ लाख ३० हजार जनाले आवेदन दिएको बताए । यस ८ महिनामा मात्रै ९ खर्ब ९३ अर्बको व्यापार घाटा भएको बताउँदै नेपालको इतिहासमा सबैभन्दा ठूलो व्यापार घाटा भएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका मध्ये हालसम्म १० हजार ८३९ जनाले अकालमा ज्यान गुमाएको जानकारी गराए ।

उनले प्रदेशमा व्यापक खर्च भएको भन्दै प्रदेश खारेज गर्न र प्रतिनिधि सभामा २०५ जना मात्र सांसद रहने व्यवस्था गर्न माग गरे ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट