April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे

सांसद निशा डाँगीले खुल्ला प्रतिस्पर्धाबाट चयन गरिन् स्वकीय सचिव

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:१५
सांसद निशा डाँगीले खुल्ला प्रतिस्पर्धाबाट चयन गरिन् स्वकीय सचिव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ अभ्यास गर्दै खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव छनोट गरेकी छन् । आफन्त र आसेपासेलाई स्वकीय सचिव बनाउने अभ्यास तोड्दै उनले भ्याकेन्सी खुलाएकी थिइन् ।

गत चैत १६ गते निशाले एक साताको म्याद राखेर स्वकीय सचिवका लागि भ्याकेन्सी खुलाएकोमा ११६ जनाले आवेदन दिएका थिए । उनीहरूबाट पहिलो चरणमा ३५ जना छनोट भएका थिए भने १९ जनाले लिखित र मौखिक परीक्षा दिएका छन् । यसको नतिजा निशाले सामाजिक सञ्जालमा प्रकाशित गरेकी छन् । जसअनुसार पर्वतको राम्जा देउरालीकी सुस्मिता क्षेत्री स्वकीय सचिव बन्न सफल भइन् । विराटनगरकी अपेक्षा सुबेदी र पोखराकी कविता आचार्य वैकल्पिकमा परेका छन् ।

उम्मेदवारहरूको लिखित, मौखिकसँगै कम्युटर टेस्ट समेत गरिएको थियो । शैक्षिक पृष्ठभूमि, कानून र राजनीतिको ज्ञान तथा अनुभव, नेतृत्व गर्ने क्षमता, सिर्जनशीलता आदि हेरेर मूल्यांकन गरेको निशाले जनाएकी छन् ।

रास्वपाकी समानुपातिक सांसद निशा प्रतिनिधिसभाकी कान्छी सदस्यसमेत हुन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।