May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

यसकारण धेरैको रोजाइमा पर्दैछ नेपाल टेलिकमको एनटी फाइबर

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १३:0८
यसकारण धेरैको रोजाइमा पर्दैछ नेपाल टेलिकमको एनटी फाइबर

काठमाडौं– नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्राण्ड नाममा विक्री–वितरण गरिरहेको छ ।

अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको छ । विभिन्न फरक विशेषता र महशुल दर पनि कम भएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको छ ।

एउटैमा तीन प्लस एक सेवा

फाइबर टु द होम (एफटीटीएच) सेवाको हालउपलब्धअफर अन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधालिन सकिन्छ । यसबाट एकैपटकमा उच्चगतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजनचलाउन, टेलिफोन सेवाप्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधाचलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्रीप्लस वान अर्थात ‘अब एउटैमा तीन प्लस !’ सेवा नामकरण गरेको छ ।

अन्डरग्राउन्ड केबलमार्फत गुणस्तरीय सुविधा

एफटीटीएच सुविधा उपलब्ध गराउनका लागि आवश्यक पर्ने प्राइमरी नेटवर्क अर्थात कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात जमिनमुनि हुन्छ । त्यसपछि ग्राहकको घरसम्म फाइबर पुर्याउनका लागि मात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ । यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमाथप सुरक्षित र गुणस्तरीय समेत हुनुका साथै केबल जमिन मुनि रहने हुनाले काटिएर क्षति हुने सम्भावना कम रहन्छ । भरपर्दो मानिएको अन्डर ग्राउन्ड नेटवर्कमार्फत सेवाग्राहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने नेपाल टेलिकम मुलुकको एक मात्र कम्पनी हो ।

ड्युअल ब्यान्ड सीपीईमार्फत सेवा

पछिल्लो अवस्थामाकम्पनीले ड्युअल ब्यान्ड सीपीई (राउटर) मार्फत एनटी फाइबर उपलब्ध गराइरहेको छ । पहिले वाइफार्ईको बढ्दो प्रयोगका कारण 2.4 GHZ फ्रिक्वेन्सी मा निकै धेरै सिग्नलहरु रहने हुनाले 2.4 GHZ धेरै अवरोधको कारण वाइफार्ई भरपर्दो नहुने र सोको तुलनामा 5 GHZ फ्रिक्वेन्सीमा वाइफार्ई भरपर्दो र गुणस्तरयुक्तहुने गरेको छ । ड्युअल ब्यान्डमार्फत सेवाउपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ । यसबाट सेवाको गुणस्तर समेत सुधार भएको छ ।

तोकिएकै गतिमा इन्टरनेट सुविधा

नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउँछन् । कम्पनीले तोके बमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमा जहिले पनि यस अनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ ।

एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा

नेपाल टेलिकमले हाल १ जीबीपीएस (१००० एमबीपीएस) सम्मउच्चगतिको एक्सजीपोन प्रविधिमा आधारित एफटीटीएच इन्टरनेट सेवा समेत प्रारम्भ गरेको छ । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध छ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस रहेको छ । हालका लागि काठमाडौं उपत्यकामा उपलब्ध गराइएको यो सेवा व्यावसायिक संस्थाहरुका लागि लाभदायक छ ।

जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८–१

आफूलाई आवश्यक परेको स्थानमा एफटीटीएच सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १) डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको मागदर्ता गर्न सकिने व्यवस्था छ । यो सेवाको प्रयोग गरी एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी एफटीटीएच सेवाले राम्ररी काम नगरेमा वा लाइन बिग्रिएको अवस्थामा मर्मतका लागि आवश्यक सिकायत दर्ता गराउन पनि सकिन्छ ।

विभिन्न सुविधाकालागि नेपाल टेलिकम एप

नेपाल टेलिकम एपबाट अन्यविभिन्न सेवाका साथै एफटीटीएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ । यसका लागि ग्राहकले प्रयोग गरिरहेको सीपीयूको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यस पश्चात कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ । घरमा एफटीटीएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी सीपीईलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ । आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथा चलाउन बाँकी प्याकेजको अवस्थाका बारेमा पनि यसबाटै जानकारी लिन सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ । यसमा भएको सेटिङ प्रयोग गरी वाइफाईको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ ।

निःशुल्क ल्यान्डलाइन फोन

कम्पनीले एफटीटीएच सेवामाग्राहकको आवश्यकताबमोजिमकाविभिन्नप्याकेजहरु उपलब्ध गराएको छ । यी प्याकेजमा फाइबर इन्टरनेट सहित १ लाइन निःशुल्क टेलिफोन सुविधा समेत उपलब्ध हुन्छ । यस अतर्गत प्राप्तहुने टेलिफोनबाट निःशुल्क रुपमा असीमित टेलिफोन गर्न सकिन्छ ।

७ देखि ७ सम्मको मर्मत सुविधा

हाल एफटीटीएच मर्मतका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजे सम्मकै सेवा उपलब्ध छ । काठमाडौं उपत्यकाका कार्यालयहरुमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यका बाहिर पनि यस प्रकारको सेवाविस्तार भइरहेको छ । कथंकदाचित् एफटीटीएच सेवामा अवरोध उत्पन्न भएमा मर्मत सुविधा तत्काल उपलब्ध हुन्छ । सेवामा गडबडी आएको गुनासो लगत्तै मर्मतको कार्य सम्पन्न गरिने र लामो समयसम्म सेवामा अवरोध नरहने भएकाले सेवाग्राहीले निरन्तर सेवाको उपयोग गरी लाभ हासिल गर्न सक्नु हुनेछ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।