April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो

ओलीले संवैधानिक परिषदमा मात्रै विपक्षी दलको नेता चाहिने हो भन्दै गरे प्रश्न

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:२३
ओलीले संवैधानिक परिषदमा मात्रै विपक्षी दलको नेता चाहिने हो भन्दै गरे प्रश्न

काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय समिति गठनलाई समेत प्राथमिकता राख्नुपर्ने अडान राखेपछि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ ।

उनले संसदीय समितिहरु गठन नभएसम्म प्रधानन्यायाधीश सिफारिस गर्नु कुनै अर्थ नहुने भन्दै समितिका विषयमा पनि टुंगो लगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ‘तपाईंहरुलाई संवैधानिक परिषदको बैठक बस्न मात्रै प्रमुख विपक्षी दलको नेता चाहिदो रहेछ, अरुमा मतलब हुँदो रहेनछ’ ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘अहिले संवैधानिक परिषदबाट सिफारिस भएर गएपनि संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्ने होइन । समिति गठनका विषयहरु पहिले टुंग्याऔं, त्यसपछि संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता बाधक बन्दैन ।’

एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्वको अनुपातमा संसदीय समितिको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ । तर सत्तारुढ दलहरुले संसदीय प्रचलन अनुसार, सार्वजनिक लेखा समिति बाहेक अन्य समितिको हकमा बहुमतका आधारमा निर्णय गरेर नेतृत्व चयन गर्नुपर्ने अडान राखेका छन् । संसदीय समिति गठनको विवाद नटुंग्याउँदासम्म प्रधानन्यायाधीशको नाम सिफारिस गरेर अर्थ नहुने भन्दै ओलीले त्यो विषयलाई पनि साथसाथै किनारा लगाउनुपर्ने अडान राखेका हुन् ।

बैठकमा ओली आक्रोशित रुपमा प्रस्तुत भएपछि प्रधानन्यायाधीश नियुक्तिको विषय एजेण्डाको रुपमा प्रस्तुत भएपनि कुनै निर्णय हुन नसकेको ती सदस्यले बताए । त्यसलगत्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना रुस भ्रमणका लागि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गए । उनले बैठकमा यो विषयमा सहमति भए १२ गते आफू फर्केर हस्ताक्षर गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रमुख विपक्षी दलका नेता ओलीले बैठकको एजेण्डा र पूर्वसूचनाका बारेमा समेत आपत्ति जनाएको ती सदस्यले बताए । केही दिन अघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे बालकोट पुगेका थिए । त्यसक्रममा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भन्दै आगामी शुक्रबार बैठक डाक्ने तय भएको थियो ।

शुक्रबार डाक्ने भनिएको बैठक एकाएक बुधबार बोलाइएको र त्यसमा पनि मंगलबार अपराह्न मात्रै बैठकबारे जानकारी दिइएको भन्दै ओलीले आपत्ति जनाएका थिए ।
संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को पुरानो प्रावधान अनुसार, बैठक बस्नुभन्दा ४८ घण्टाअघि सदस्यहरुलाई सूचित गर्नुपर्छ । ओली सरकारकै पालामा अध्यादेशले विस्थापित गरेको त्यो प्रावधान शून्य अवस्थामा रहेकाले हाल यो प्रावधान आकर्षित हुँदैन । तर ओलीले शुक्रबार डाकिएको बैठक बुधबार नै किन बोलाइएको भन्दै प्रश्न गरेका थिए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।