May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

विश्व कप क्रिकेटमा अफगानिस्तानसँग पाकिस्तान ८ विकेट पराजित

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० 0६:४६
विश्व कप क्रिकेटमा अफगानिस्तानसँग पाकिस्तान ८ विकेट पराजित

काठमाण्डाै – विश्व कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । गएराति चेन्नईमा सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो ।

पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि इब्राहिम जद्रानले ८७, रहमानुल्लाह गुर्बाजले ६५ तथा रहमत शाहले ७७ र हस्मतुल्लाह शाहिदीले नटआउट ४८ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले एक/एक विकेट लिए ।

अफगानिस्तानले एकदिवसीयमा पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । अहिलेसम्म भएका ७ वटा एकदिवसीयमा सबैमा पाकिस्तान विजयी भएको थियो । यस्तै, अफगानिस्तानले एकदिवसीयमा २ सय ८० रनभन्दा माथिको लक्ष्य पछ्याएर जितेको पनि पहिलो पटक नै हो ।

हिजो टस जितेर ब्याटिङ रोजेको पाकिस्तानका लागि कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह सफिकले ५८ रन बनाए । अफगानिस्तानका नुर अहमदले तीन र नवीन उल हकले दुई विकेट लिए । हिजोको जितसँगै पाँच खेलमा ४ अङ्ककासाथ अफगानिस्तान तालिकाको छैटाैँ स्थानमा उक्लिएको छ । समान खेलमा ४ अङ्क नै भए पनि पाकिस्तान रन रेटका आधारमा पाँचौँ स्थानमा छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ७, २०८० 0६:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।