November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

उच्च गर्मीका कारण दुई दशकमा २२ हजारको मृत्यु

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:५८
उच्च गर्मीका कारण दुई दशकमा २२ हजारको मृत्यु

सन् २०२० मा ‘द मिनिस्ट्री फर द फ्युचर नामक उपन्यासमा लेखक किम स्टेनली रोबिनसले भारतको उच्च गर्मीको चर्चा गरेका छन् । हजारौँको ज्यान लिने तापमानबारे उनले लेखेका छन्, ‘भारतमा आकाश परमाणु बम जत्तिकै बल्छ । त्यसको तापले अनुहार नै जल्छ । पानीले पनि शीतलना दिँदैन । हावा पनि चिसो बहँदैन । मानिसहरूको प्राण पखेरू भटाभट उड्छ ।’

रोबिनसनको यो वाक्यांश कल्पना गर्दै त भयानक छ भने उच्च तापमानको मार सहनु परेकाहरूको पीडा झनै दर्दनाक छ । गत साता मात्रै भारतमा उच्च तापमानका कारण १२ जनाको ज्यान गयो । महाराष्ट्रमा तापमान वृद्धिका कारण हजारौँ विरामी भएर अस्पताल पुगेका छन् ।

भारत उच्च तापमानको जोखिममा रहेका मुलुकमध्येको देश हो । भारतमा दिन र रात दुवैमा तापमान उच्च हुने गरेको छ । सन् २०५० सम्म भारतमा दुईदेखि चार गुणासम्म तापमान बढ्ने आकलन गरिएको छ । भारतमा उच्च तापमानको लहर सबैभन्दा पहिले आउने र लामोसमय सम्म रहने प्रक्षेपण गरिएको छ ।

मे महिनाभर भारतमा उच्च तापमान रहने मौसम कार्यालयले जनाएको छ । सन् १९०१ देखि सन् २०१८ को तथ्यांक हेर्ने हो भने भारतमा तापमान ०.७ प्रतिशतले हरेक वर्ष बढिरहेको छ । सन् १९९२ देखि सन् २०१५ सम्मको तथ्यांक केलाउँदा भारतमा गर्मीका कारण २२ हजार मानिसको ज्यान गएको छ । ‘यो संख्या अझै उच्च हुनसक्छ । मृत्युको तथ्यांक राम्रोसँग नराख्दा उच्च तापमानको कारण मृत्यु भएकाहरू कम देखिएका हुन्,’ स्वास्थ्यकर्मी दिलिप मभालंकर भन्छन् ।

उनका अनुसार सन् २०१० मा अहमदावादमा मृत्यु भएकामध्ये ८ सय जना गर्मीले मरेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा बढी रहेको उनले बताए । त्यसबखत तापमान ४५ डिग्री सेल्सियस पुगेको थियो । त्यसपछि सन् २०१३ मा गुजरातमा गर्मीको समयमा बाहिर ननिस्किने र प्रशस्त पानीको प्रबन्ध मिलाउनुका साथै अस्पतालमा सुविधा थप्ने काम भएको उनले बताए । सन् २०१८ मा गुजरातमा उच्च तापमानले मृत्यु हुनेको संख्यामा एक तिहाइले कमी आएको उनले बताए ।

तर भारतको सबै राज्यमा गुजरातको जस्तो स्थिति छैन । मुम्बईमा गर्मीको समयमा खुला स्थानमा आउन प्रोत्साहन गरिन्छ । यो नीतिमा निकै खराबी रहेको विज्ञ आदित्य पियाली बताउँछन् । ‘स्थानीय स्थितिलाई हेरेर बनाइएको योजनाले संभावित संकटलाई छोएको छैन,’ उनले भने ।

उच्च तापमानको क्षती न्युनीकरणका लागि बनाइएका ३७ योजनामध्ये १० वटा मात्रै कार्यान्वयनमा आएका थिए । ‘खुला आकाशमा जम्मा गर्नुको साटो गाउँ–गाउँमा स्वचालित मौसम स्टेशनहरूको संख्या बढाइनुपर्थ्यो,’ पियाली भन्छन् । यस्तै महाराष्ट्रको योजनाले खेतमा काम गर्ने किसान, बुढाबुढी र बालबालिका लक्षित कुनै योजना नबनाएको उनले बताए ।

भारतमा प्रत्येक ४ मध्ये तीन मजदुर कोइला खानी तथा निर्माणमा काम गर्ने भेटिन्छन् । उनीहरू सबैभन्दा बढी जोखिमा छन् । ‘खानीमा काम गर्ने कामदार उच्च जोखिमा छन् । तर उनीहरू लक्षित कुनै योजना छैन,’ अनुसन्धानकर्ता लुक पार्सन भन्छन् ।

उच्च तापमानसँग जुध्न बनाइएका नीति कार्यान्वयनका लागि कम लगानी गर्दा सफलता पाउन नसकेको विज्ञहरू बताउँछन । उच्च तापमानको जोखिम भएको ठाउँमा प्रशस्त रूख रोप्न उनीहरूको सुझाव छ । यस्तै माथिल्लो तलामा बस्नेहरूलाई तल्लो तलामा सार्दा पनि जोखिम कम हुने पियालीको भनाइ छ । भारतमा सन् २००० देखि २००४ र २०२१ को बीचमा उच्च तापमानका कारण मृत्यु हुनेको संख्या ५५ प्रतिशतले बढेको पाइएको मेडिकल जर्नल ल्यान्सेटमा उल्लेख छ ।

उच्च तापमानका कारण १ करोड ६७ लाख मजदुर पूर्णरूपमा काम गर्न असम्भव भएकाले राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा पनि ५ प्रतिशले कमी आएको तथ्यांक छ । यद्यपि भारतले अझै पनि यसको निराकरणका लागि प्रभावकारी कदम नचालेको जानकारहरू बताउँछन् ।

आइतबार मुम्बइको तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको थियो । तथापी हजारौँ मानिसहरू खुला स्थानमा भेला भएका थिए । तीमध्ये केहीले मात्रै छाता बोकेका थिए । ‘म दिल्लीमा बस्छु र त्यहाँको तापमान ५० डिग्री सेल्सियससम्म पुग्न सक्छ तर निकै कमले छाता बोक्छन्,’ पिलाइ भन्छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्