प्युठान । स्वर्गद्वारी नगरपालिका–७ तापस्थित माडी नदीमा डुबेर एक युवाको मृत्यु छ । झिमरुक गाउँपालिका –८ का १८ वर्षीय सुवास रोका मगरको मृतयु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
ट्याक्टरका सह–चालक रोका मगर बालुवा लिन खोला गएको बेला नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिए। बुधबार बिहान ११ बजे घटना भएको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार पुर्याइएको छ ।